![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । समाजमा असल शासनमार्फत राम्रा कुराहरुको अनुशरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागि शास्त्रले महत्वपूर्ण भूमिका बहन गर्दछ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौं । जसले गर्दा हामीलाई धनि बन्न दिँदैन । यस्ता नराम्रा बानीलाई त्याग्दा धनि बन्न सकिन्छस्
![](https://newspolar.com/wp-content/uploads/2019/06/paisa.jpg)
बाथरुम सधैं सफा राख्नुहोस्
शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नुपर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राख्नुहोस् ।
थालमा खाना नछोडनुहोस्
शास्त्रका अनुसार थालमा खाना छोडनु हुँदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ ।
विस्तरा सधैं सफा राख्नुहोस्
यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउँछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ । शास्त्रकाअनुसार बिस्तारा सधैं बिहानमा नै सफा गर्दा राम्रो हुन्छ भने रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।
घरको आसपास नथुक्नुहोस्
घरको आसपास थुक्नाले दरिद्रता आउँछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउँछिन् ।
सूर्यास्त पछि झाडु नलगाउनुहोस्
शास्त्रका अनुसार सूर्यास्त भइसकेपछि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
वास्तुमा ध्यान दिनुहोस्
आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।