१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
अ अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।

यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।

बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

“करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौँमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उदेश्य छ”, नगर उपप्रमुख खड्काले भन्नुभयो, “साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने हाम्रो योजना हो ।”

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।

हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेकोे उहाँले जानकारी दिनुभयो । उहाँले विश्वलाई उक्त हनुमान नाच चिनाउनका लागि विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताउनुभयो ।

मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको जनाइएको छ । एकै पटक १४ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख बढी भक्तजन आउने गरेका छन् ।

ती भक्तजनलाई बागलुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्युआरकोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘बागलुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले बागलुङ कालिका मन्दिर, पञ्चकोट, भैरवस्थान, शालग्राम सङ्ग्रहालयलगायत ११ स्थानमा १२ भाषामा अध्ययन गर्न सक्ने गरी ‘क्युआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको श्रेष्ठको भनाइ छ । नगरपालिकाले जिल्लाको मुख्य प्रवेशद्वारलाई सौन्दर्यीकरण गर्ने, मालढुङ्गादेखि उपल्लाचौरसम्मको भिरमा लहरा फूल लगाउने र पहरामा कलासंस्कृति झल्कने खालको आकृति निर्माण गर्ने योजना बनाएको छ । रासस