९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले

बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले
अ अ+ अ-

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय योजना आयोगमा आज आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उहाँले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताउनभयो ।

“राम्रा, असल र काम गर्ने हुटहुटी भएका राष्ट्र सेवकको साथमा छौँ, खुबी भएका राष्ट्र सेवकलाई संरक्षण गर्छौँ”, अर्थमन्त्रीले भन्नुभयो, “कर्मचारी वृत्तमा ‘खै अन्योल छ, त्रास छ, के हो, नयाँ सरकार’ भन्ने पाउँछु, त्यतातर्फ नलाग्नु होला, तपाईँहरु सेवानिवृत्त हुनुभयो भने पनि खोजीखोजी राज्यको जिम्मेवारीमा ल्याउँछौँ ।”

निजामती सेवा र सुरक्षा अङ्ग तथा स्वास्थ्य र शिक्षा क्षेत्रलाई राजनीतिकरण र दलीयकरणबाट ‘डिपार्चर’ गराउने योजनामा सरकार रहेको उल्लेख गर्दै उहाँले ट्रेड युनियन खारेज गरेर त्यसको सुरुआत गरिएको स्पष्ट पार्नुभयो ।

विपुल जनादेश प्राप्त वर्तमान सरकारलाई नतिजा देखाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भन्नुभयो, “जेठ १६ गतेदेखि नयाँ ‘स्प्रिट’मा काम गरौँ भन्ने नै हो । साउन १ गतेदेखि त गर्नेपर्नेछ, अर्थमन्त्रालयले रुपान्तरणको एजेन्डालाई अघि बढाउनेछ ।”

पुँजीगत खर्चको लक्ष्य हासिल नहुने विगतको गलत नजिर आगामी दिन दोहोरिन नहुने बताउँदै उहाँले आगामी वर्ष विगतको नतिजा स्वीकार्य नहुने बताउनुभयो । “आजको दिनसम्म पुँजीगत खर्च ३१ प्रतिशतमात्रै हो ? ४०७ अर्बमा हामीले खर्च गरेको जम्मा ३१ प्रतिशत् । अब बत्तिएर यही असारे विकास गरेर ५० प्रतिशतसम्म पुग्यो भने सन्तोषको श्वास फेर्नुपर्ने अवस्था छ । अर्को साल यो हुन दिँदैनौँ, यसतर्फ पनि आयोगले ध्यान दिनुपर्छ ।”

सरकारको ‘स्प्रिट’, बजेट, नीति तथा कार्यक्रम र १०० बुँदे शासकीय सुधारका कार्यक्रमको जगलाई आधार बनाएर आगामी पाँच वर्षको स्पष्ट मार्गचित्र बनाएर अघि बढ्न निर्देशन दिनुभयो । “बजेट हिजो पास भएको छ । बजेट त आउँछ, तर कार्यान्वयन हुँदैन भन्ने भाष्य अब अन्त्य हुनुपर्छ । यति बलियो सरकारले पनि चिर्न सकेन भने कसले गर्ने, कहिले गर्ने । यसपटक त्यो चिर्नुपर्छ”, उहाँले भन्नुभयो । रासस