९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्



अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाढ्ने काम गरिररहेको आरोप लगाउनुभएको छ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्द रहेको दाहालको आरोप छ । उहाँले कम्युनिष्ट पार्टीहरुले इतिहासमा भोगेका अनुभवहरु नबिर्सन समेत आग्रह गर्नुभयो ।

केही दिनअघि नेता खनालले संयोजक दाहाललाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाउनुभएको थियो । पार्टीको अन्तरिम विधानलाई सार–सङ्ग्रहवादी खिचडी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी थियो ।

उहाँले भन्नुभयो, ‘जानेर वा नजानेर हाम्रा कतिपय साथिहरुले समेत जनतामा निराशा बाढ्ने काम गर्दैछन् । फेरी एकचोटी जनतालाई लिएर हामी अघि बढ्छौँ भन्ने कन्फिडेन्स, आत्मविश्वास होइन, हामी कम्युनिष्टहरु विगतमा यस्ता उतारचढाव धेरै भोग्दै आएका, तीसँग लड्दै र जित्दै आएका जात हौँ हामी भन्ने कुरा बिर्षेर साम्राज्यवादली र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार के के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरुले गरेका छन् । ती साथिहरुलाई पनि म अपिल गर्न चाहान्छ, प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरौँ ।’

संयोजक दाहालले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न अपिल समेत गर्नुभयो ।




भर्खरै