१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यूटावर प्रयोगमा आएपछि पर्यटक बढे



अ+ अ-

गाईघाट । चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ ।अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताउनुहुन्छ ।

उहाँकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडौँ चितवन तथा भारतको बिहार र गाईघाट । सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने गरेका छन् ।पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि त्यहाँको आन्तरिक पर्यटनको विकासमा निकै मद्दत पुगेको नगरप्रमुख खगेन्द्र राई बताउनुहुन्छ ।

उहाँकानुसार पूर्वकै ऐतिहासिक र महत्वपूर्ण पर्यटनस्थलको रुपमा रहेको चौदण्डीगढीको पर्यटन विकास गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय, पर्यटन विभागसहित स्थानीय नगरपालिका र सबैको सहयोगले अहिले सडक तथा भ्यूटावर निर्माण भएकाले पर्यटकको बृद्धि भएकोे हो । विसं २०७२ मा नेपाल सरकार शहरी विकास मन्त्रालयसहित पर्यटन बोर्ड र स्थानीय सरकारसहितबाट सहयोगस्वरूप प्राप्त रू ५५ लाख ८८ हजार र १३ लाख १७ हजार बराबरको स्थानीय जनश्रमदान गरेर कूल रु ६९ लाख ८५ हजारको लागतमा समुद्री सतहबाट एक हजार ८५० मिटरको उचाईको उक्त डाँडामा ४४ फिट उचाई र अठार मिटर गोलाइको भ्यूटावर निर्माण भएको नगरप्रमुख राईको भनाइ छ ।

उक्त भ्यूटावरबाट अहिले उत्तरी क्षेत्रको सातवटा हिमशृङ्खला सगरमाथा, आमादोल्मा, लोत्से, कोयु, मकालु, कञ्चनजङ्घा र अरुणबरुण क्षेत्रका हिमशृङ्खला प्रत्यक्ष अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ ।यस्तै उत्तरी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, धनकुटा, सुङ्खुवासभा, र तराईका जिल्ला सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापासहित भारतको बिहार, पश्चिम बङ्गालको सिलीगुडीसम्म बाइनाकुलरबाट अवलोकन गर्न सकिने उहाँको भनाइ छ । पर्यटकको वृद्धि भएका कारण आफूहरुको व्यापार व्यवसाय पनि निकै फष्टाउन थालेको स्थानीय होटल व्यवसायी कला राई उल्लेख गर्नुहुन्छ ।

चौदण्डीगढीले पर्यटन विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेपनि अझै पनि खानेपानीको उचित व्यवस्थापन गर्न बाँकी रहेकाले सुनकोशी नदीबाट उक्त डाँडामा पानी लिफ्टिङ गरेर लाने तयारी भइरहेको र विद्युत्को विस्तार गर्ने कार्य शुरु भइरहेकामा दुई वर्षसम्ममा सबै पूर्वाधार तयार पारिने नगरप्रमुख राई बताउनुहुन्छ ।