१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनबीच अनुभव आदानप्रदान



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ ।

समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो । छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिले गर्दै आएका काम कारवाहीका बारेमा चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका साथै उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ । चिनियाँ प्रतिनिधिमण्डलले समितिले गर्दै आएको काम कारवाहीका बारेमा समितिका सदस्यबाट जानकारी लिएको थियो ।

समितिका सदस्य मुकुन्द न्यौपानेले चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले नेपालले विशेषगरी चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको बताउनुभएको थियो । अनुगमन टोलीले खरीद मूल्य र बिक्री मूल्यका आधारमा उपभोक्ता ठगीमा परेको वा नपरेको भनेर अनुगमन गर्ने गरेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै समितिले जनचासोका विषय सम्बोधन गर्न सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएर निर्देशन दिने गरेको उहाँले बताउनुभएको थियो । सो क्रममा चीनका राज्य प्रशासन तथा बजार अनुगमन सचिव टाङ जुनले नेपालको वाणिज्य समिति र आफ्नो मन्त्रालयले गर्ने काममा धेरै प्रकारको समानता रहेको बताउनुभएको थियो । उहाँले बजार अनुगमनका साथै उपभोक्ताको हकअधिकार सुरक्षित गराउन नेपालसँग मिलेर काम गर्न चाहेको बताउनुभएको थियो ।

उहाँले सरकारको तहमा मन्त्रालयले उपभोक्ता अधिकारका बारेमा छलफल गर्ने र जनताको तहमा त्यहाँको उपभोक्ता मञ्चले उपभोक्ता अधिकार संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । उपभोक्ता अधिकार स्थापित गराउन चीनले विशेष प्रणालीको स्थापना गरेको उपमन्त्री टाङको भनाइ थियो ।

कार्यक्रममा समितिका सभापति श्रीवास्तवले चीनको उन्नति र प्रगति देखेर आफूहरु अन्त्यन्त खुसी भएको बताउनुभएको थियो । उहाँले नेपालको द्विपक्षीय व्यापार प्रवद्र्धनका साथै पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

“समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि चीनसँग सहकार्य गर्न चाहेका छौँ”, सभापति श्रीवास्तवले भन्नुभयो । उहाँले परिस्थिति अनुकूल भएमा बजार अनुगमनमा चिनियाँ प्रतिनिधिलाई लैजाने बताउनुभएको थियो । सो क्रममा चिनियाँ प्रतिनिधिमण्डलले समितिका सदस्यलाई चीन भ्रमणको निमन्त्रणसमेत दिएको थियो ।