६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा वरियतामा नेपाल खस्कियो, पहिलो स्थानमा को ?



अ+ अ-

काठमाडौं । विश्व फुटबल वरियतामा नेपाल ६ स्थान तल झरेको छ। वरियतामा नेपाल १ सय ६७ औँ स्थानमा झरेको हो।

विश्वकप छनोटका खेलमा अस्ट्रेलियासँग ५–० ले जोर्डनसँग ३–० ले हारेपछि नेपालको वरियता खस्किएको हो।

नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्षमा रहेको भारत २ स्थान तल झरेर १ सय ६ औँ स्थानमा पुगेको छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५४ औं स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ। शीर्ष चारसम्म कुनै फेरबदल भएको छैन। छैठौँ स्थानमा रहेको उरुग्वे पाँचौँ स्थानमा र पाँचौँमा रहेको पोर्चुगल छैठौँ स्थानमा पुगेका छन्।