१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह

फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह
अ अ+ अ-

काठमाडाैँ । विश्वकै सर्वाधिक लोकप्रिय खेल फुटबल र जलवायु परिवर्तनको गम्भीर मुद्दालाई जोड्दै काठमाडौंमा युवाहरूले ‘नेट जिरो’ को सन्देश दिएका छन् ।
‘जलवायु कार्य, विश्वकप र युवा सहभागिता’ विषयक उक्त कार्यक्रममा सहभागी युवाहरूले फुटबलको रणनीतिक कौशललाई जलवायु संरक्षणको मैदानमा उतार्दै विश्वका नेताहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

प्रकृति रिसोर्सेस सेन्टरद्वारा आयोजित उक्त कार्यक्रममा युवाहरूले फुटबलको मैदानमा रहने रक्षापंक्ति, मिडफिल्ड र फरवार्डको भुमिकालाई जलवायु कार्यका सरोकारवालाहरूसँग तुलना गरेका थिए । फुटबलमा टोलीको संयोजन जस्तै जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सरकार, अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज र निजी क्षेत्रको एकीकृत प्रयास आवश्यक हुने उनीहरूको निष्कर्ष छ ।

कार्यक्रममा केही युवाहरूले सरकारलाई ‘फरवार्ड’ को भुमिकामा राखेर जलवायु लक्ष्य प्राप्तिमा गोल गर्नुपर्ने धारणा राखे भने कसैले नीति निर्माताहरूलाई ‘मिडफिल्ड’ र अनुसन्धानकर्ताहरूलाई ‘स्ट्राइकर’ को रूपमा चित्रण गरे । यसै क्रममा पेरिस सम्झौता र जलवायु कोषहरूबाट अलग रहने अमेरिकी नीतिप्रति लक्षित गर्दै युवाहरूले जिम्मेवारीबाट बाहिरिए पराजय भोग्नुपर्ने सांकेतिक चेतावनी समेत दिएका थिए ।

प्रकृति रिसोर्सेस सेन्टरका कार्यक्रम व्यवस्थापक सन्तकुमार महर्जनले फिफामा आवद्ध २ सय १२ राष्ट्रलाई ‘क्लाइमेट एक्टर’ का रूपमा अगाडि बढाउनसके विश्वभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) ले यस शताब्दीको मध्यसम्ममा विश्वलाई ‘नेट जिरो’ (शुन्य कार्बन उत्सर्जन) मा लैजाने लक्ष्य निर्धारण गरेको छ । यस सन्दर्भमा फिफा विश्वकप जस्ता व खेलकुद प्रतियोगिताहरूको वातावरणीय प्रभावबारे पनि प्रश्न उठेको छ । कार्यक्रम संयोजक प्रज्ञा शेरचनले फुटबलको माध्यमबाट विश्वका नेताहरूलाई जलवायु कार्यमा ऐक्यवद्ध हुन दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताउनु भयो ।

ग्लोवल कार्बन एकाउन्टिङ प्लेटफर्म (ग्रीनली) काअनुसार विश्वकप सञ्चालनका क्रममा करिव ७७ लाख ६७ हजार ५ सय ४३ टन कार्बन उत्सर्जन हुने प्रक्षेपण गरिएको छ । यो परिमाण सन् २०२२ को विश्वकपको तुलनामा झन्डै दोब्बर हो । दर्शकहरूको हवाई यात्रा, यातायात, आवास र रंगशाला सञ्चालनका कारण उत्सर्जनमा वृद्धि हुने देखिएको हो ।

यद्यपि, आयोजक राष्ट्रहरूले १३ वटा रंगशालालाई ‘एलइइडी’ प्रमाणित हरित भवन प्रविधिमा आधारित बनाएका छन् । प्रतियोगितामा प्लास्टिकको निषेध र विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिइएको छ । तर फिफाले गर्ने कुल बजेट (११ अर्ब डलर) को तुलनामा कार्बन न्युनिकरणका लागि गरिने लगानी नगन्य रहेको विज्ञहरूको तर्क छ ।

विश्वको कुल कार्बन उत्सर्जनमा ३३ प्रतिशत हिस्सा ओगटेको चीनले सन् २०६० सम्म र ८ प्रतिशत हिस्सा ओगटेको भारतले सन् २०७० सम्म नेट जिरोमा पुग्ने लक्ष्य राखेका छन् । युरोपेली मुलुकहरूले आफ्ना पूर्वाधारलाई कार्बन न्युनिकरणमैत्री बनाउँदै लगेका छन् । तर ११ प्रतिशत उत्सर्जन गर्ने अमेरिकाले ठोस लक्ष्य निर्धारण नगर्नु र जलवायु कार्यप्रति उदासीन देखिनुलाई चिन्ताको विषय मानिएको छ ।

विश्वकप फुटबलको उत्साहलाई कायम राख्दै यसलाई कसरी ‘नेट जिरो’ अवधारणामा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा व्यापक बहस आवश्यक देखिएको छ । सन् २०३० को विश्वकपसम्ममा फिफाले वातावरणीय लागत स्वीकार गर्दै पूर्ण रूपमा जलवायुमैत्री प्रतियोगिता आयोजना गर्नसक्छ कि सक्दैन भन्ने प्रश्न अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ ।