६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको आयोजनामा फिफा क्लब विश्वकप हुने



अ+ अ-

चीनको आयोजनामा हुने पहिलो संस्करणको विस्तारित फिफा क्लब विश्वकप सन् २०२१ मा हुने भएको छ । सहभागी संख्या विस्तार गरिएको क्लब विश्वकप चीनले अर्को बर्ष आयोजना गर्ने पक्का भएको हो । चीनले आयोजना गर्ने क्लब विश्वकप पहिलो र साँचो अर्थमा विश्वकप हुने फिफा अध्यक्ष जियानी ईन्फाटिनोले बताएका छन् ।

युरोपका ठुला क्लबहरुले यसअघिनै प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । पछिल्ला दुई संस्करणको क्लब विश्वकपको आयोजना कतारले गरेको थियो । जसमा ७ महादेशका उत्कृष्ट ७ क्लब सहभागी थिए । सन् २०१९ को क्लब विश्वकप डिसेम्बर ११ बाट सुरु हुनेछ ।

चिनको साङ्घाईमा भएको फिफा काउन्सिलको बैठकमा ईन्फान्टिनोले क्लब विश्वकप चीनमा आयोजना गर्ने निर्णय एतिहासिक र एसियाको क्लब फुटबल विकासमा महत्वपुर्ण हुने बताएका छन् । स्विस मुलका ईटालियन अध्यक्ष ईन्फान्टिनोले भने, ‘यो नै पहिलो साँचो अर्थमा विश्वकप हुनेछ । जहाँ उत्कृष्ट क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।’