१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट रु एक करोड बढीको क्षति



अ+ अ-

राँझा । नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ ।

जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगजनी भएको स्थान नजीकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो ।

तीन महीनाअघि गत साउन २३ गते पनि त्यही नजीकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा पाँच वटा ठूला आगलागी भएका छन् ।