१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा



अ+ अ-

सप्तरी । एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका ३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास गृह पूर्णियाको संरक्षणमा आश्रित थिइन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले भारत विहारको पूर्णियाबाट पासवानलाई नेपाल ल्याई उनकी आमा घुरनीदेवीको जिम्मा लगाएको हो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केरुङको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सामवती राजवंशी गएका थिए ।

अल्पबास गृह पूर्णियाले भारतीय राजदूतावासमार्फत प्रहरी प्रधान कार्यालय तथा अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयलाई किशोरीको परिवारको पहिचान गरी उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो ।