१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

शहरी स्वास्थ्य केन्द्रमा प्र्रसूति सेवा

शहरी स्वास्थ्य केन्द्रमा प्र्रसूति सेवा
अ अ+ अ-

कञ्चनपुर । गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका– १३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माउनुभयो । श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले टाढाको अस्पताल जान सक्नुभएन । जोखिम मोलेर पनि दुई शिशु घरमै जन्माएँ उहाँले भन्नुभयो, “हाल गाँउ नजिकै शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्र्रसूति सेवा सेवा सञ्चालन भएपछि तेस्रो शिशु सुरक्षितरुपमा जन्माउन पाएँ ।” घरमै शिशुलाई जन्म दिँदा निकै कष्ट झेल्नु भएकी उहाँ स्वास्थ्य केन्द्रमा सहजरुपमा शिशुलाई जन्म दिन पाइएकामा खुशी हुनुहुन्छ ।

केन्द्रका स्वास्थ्यकर्मीको सल्लाहमा उहाँले नियमित गर्भ जाँच गराउनाका साथै केन्द्रमै शिशु जन्माएपछि यातायात र प्रोत्साहन रकम पाउदा दङ्ग हुनुभएको छ । श्रीमान्ले कमाएको रकमले खाना जुटाउनै मुश्किल हुन्छ उहाँले भन्नुभयो, “प्रसूति केन्द्रबाट पाइएको रकमले पोषिलो खाने कुरा खान पाइने भएको छ ।” चोबिसै घण्टे प्रसूति केन्द्रमा शिशुलाई जन्म दिने आमा र शिशुको स्वास्थ्य अवस्थाको स्थिति पत्ता लगाउनका लागि स्वास्थ्यकर्मीले केन्द्रमै बोलाएर जाँचसमेत गर्ने गरेका छन् ।

गाउँका ६० प्रतिशत महिलाले टाढाको अस्पताल जान नसक्दा विगतमा असुरक्षित तरिकाले घरमै शिशुलाई जन्म दिँदै आएका थिए । हाल प्रसूति केन्द्र सञ्चालनले गर्भवती महिला नियमित जाँचसँगै प्रसूतिका लागि केन्द्रमा पुग्ने गरेका छन् । रक्तअल्पता हुन नदिन र पोषिलो खानेकुराको व्यवस्थाका लागि स्वास्थ्यकर्मीले गर्भवती भएका महिला र उनका अभिभावकलाई सल्लाह दिने कार्यसमेत गर्दै आएकाले आमा र शिशुको अवस्था सन्तोषजनक हुन थालेको छ ।

विगतमा पोषिलो खानेकुरा खानुपर्छ भन्ने चेतनाको अभावका कारण जन्मिने शिशुमा कुपोषणको समस्या अधिक थियो केन्द्रका स्वास्थ्यकर्मीले भन्नुभयो, “चेतना वृद्धिसँगै हाल त्यो समस्या हट्दै गएको छ ।” हाल नौ शिशुमा कुपोषणको समस्या देखा परेकामा उपचारात्मक औषधियुक्त खानाको माध्यमबाट उपचार गरी निको पारिएको छ । केन्द्रमा गत आवमा ९९ महिलाले प्रसूति सेवा लिएका थिए । चालू आवको हालसम्म ३५ ले प्रसूति सेवा लिएका छन् ।

सोही अवधिमा नियमित गर्भ जाँच गराउने महिलाको सङ्ख्या १९१ रहेकामा चौथो पटक गर्भ जाँच गराउने महिलाको सङ्ख्या १३४ रहेको केन्द्रका अनमी शीलासिंह चन्दले बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रसूति सेवा लिनेमा दलित २१, ब्राह्मण क्षेत्री ६४, जनजातिका महिला छ छन् । प्रसूति केन्द्रमा ५५ छोरा र ३६ छोरी जन्मिएका छन् ।

जनप्रतिनिधि आएपछि डेढ वर्षअघिदेखि नगरपालिकाको वडा नं १६ वसन्तपुरमा उक्त केन्द्र सञ्चालन भएसँगै चौबिस घण्टे प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो । उक्त केन्द्रमा डेढ वर्षको अवधिमा १३ हजार ३३ बिरामीले सेवा पाएका छन् । केन्द्रबाट एक हजार ३१७ बच्चाले नियमति खोप पाएका छन् । पाँच वर्षमुनिका स्वासप्रस्वासका बिरामी ४३६, पाँच वर्षमुनिका झाडापखालाका बिरामी ४९९, क्षयरोगका बिरामी २० को केन्द्रमा उपचार गरिएको छ ।

क्षयरोग लागेकामध्ये नौ बिरामी निको भएका र अन्य उपचारका क्रममा छन् । केन्द्रबाट परिवार नियोजनका साधन पिल्स ६१, डिपो १५८, इम्पलान्ट २७ र कण्डम दुई हजार ४०० जनलाई वितरण गरिएको छ । केन्द्रबाट नगरपालिकाका वडा नं १२, १३, १४, १६ र १७ का बासिन्दाले सो सेवा लिँदै आएका छन् । उक्त केन्द्रमा प्रमुखसहित चार अनमी र दुई स्वीपर कार्यरत छन् ।