१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सार्वजनिक बिदा दिएकामा स्वागत



अ+ अ-

काठमाडौं । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएकामा त्यसको स्वागत गरेको छ ।

समितिका अध्यक्ष रमेश महर्जनले आज जारी गर्नुभएको विज्ञप्तिमा तिथि टुट हुने र दोहरिने समस्याले उक्त समुदायले १३ गते माग गरेकामा सरकारले त्यसलाई सकारात्मकरूपमा लिई सार्वजनिक बिदा दिन गरेको निर्णयले सांस्कृतिक परम्परा र विधि व्यवहारको महत्व सबैले आत्मसात गर्नुपर्ने सन्देश दिएको जनाइएको छ ।

तिथिअनुसार चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यवहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गरिएको विज्ञप्तिमा यस्ता पर्वले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आगामी दिनमा पञ्चाङ्ग निणार्यक समितिले तिथि–मिति घटबढ हुँदा सोहीअनुसार छलफल गरी समस्याको अग्रिम समाधानका लागि पहल गर्न आग्रह गरिएको छ । सरकारले राष्ट्रिय संवत् घोषणा गरिसकेको नेपाल संवत् ९नयाँ वर्ष० कात्तिक १२ गते आ–आफ्नो टोल शहरमा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन सबैमा अनुरोध गरिएको विज्ञप्तिमा काठमाडौँको वसन्तपुरमा उक्त दिन बिहान ७ बजे भेला भई सांस्कृतिक ¥यालीमा सहभागी हुन आग्रह गरिएको छ ।