१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

भ्रमण वर्ष सफल बनाउन समिति

भ्रमण वर्ष सफल बनाउन समिति
अ अ+ अ-

नवलपरासी । नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिले भ्रमण वर्षलाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको सूची बनाई प्रवद्र्धन गर्ने, स्थानीयस्तरमा उपसमिति गठन गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सक्रियताका साथ काम गर्ने निर्णय गरेको छ ।

समितिमा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निकायबाट प्रतिनिधित्व गराइएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य राजेश यादव, होटल व्यवसायीबाट होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रमेश पाण्डे र नवराज अधिकारी, उद्योगी व्यवसायीबाट उद्योग वाणिज्य सङ्घ नवलपरासीका महासचिव गिरीराज पाण्डेय र सचिव तारा आचार्य, ट्राभल एण्ड टूर व्यवसायीबाट पाल्ही मध्यनेपाल यातायात प्रालिका अध्यक्ष ऋषिराम पौडेल, पत्रकार महासङ्घबाट जिल्ला अध्यक्ष हरि शर्मा रहनुभएको छ ।

यसैगरी पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिमध्येबाट राससकर्मी मोहन पौडेल, पर्यटन पत्रकार विष्णु खनाल, बेचु गौड, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्य, समाजसेवीहरुको तर्फबाट श्याम बुचामगर, रिङ्कुकुमार गुप्ता, सूर्यबहादुर आलेमगर, सन्तोष यादव, भोजकुमारी चौधरी, पुरमाया मगर, गायत्री आचार्य तथा सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम रहनुभएको छ ।

जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रमुख रायले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै आफ्नो लाग्न आग्रह गर्नुभयो । आगामी दिनमा कार्ययोजना नै बनाएर जिल्लामा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।