१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

मनोरञ्जनात्मक बन्दै पाँचखाल महोत्सव

मनोरञ्जनात्मक बन्दै पाँचखाल महोत्सव
अ अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल युनाइटेड फुटबल एशोसियसन (पुफा)द्वारा ‘भ्रमण वर्ष-२०२०’ लाई लक्षित गरेर आयोजना गरेको पाँचखाल महोत्सव मनोरञ्जनात्मक बन्दै गएको छ । आयोजकले केही दिनदेखि चर्चित गायक गायिकाबाट साङ्गीतिक प्रस्तुति गराएपछि महोत्सव मनोरञ्जनात्मक बन्दै गएको हो ।

महोत्सवमा पाँचखाल आसपास तथा छिमेकी जिल्ला सिन्धुपाल्चोकबाट समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवमा २० स्थानीय कृषि उपज तथा अन्य व्यापारिकसहित ८५ कक्ष र मनोरञ्जनात्मक सामग्री छन् । साथै, बालबालिकाको मनोरञ्जनका लागि विभिन्न खेल, पिङ तथा कृषकलाई आवश्यक पर्ने विभिन्न प्रकारका कृषि औजार पनि राखिएका छन् ।

भ्रमण वर्ष लक्षित गर्दै दोस्रोपटक गत असोज २९ देखि यही कात्तिक ९ गतेसम्मका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सहभागीलाई मनोरञ्जन दिलाउन फरक–फरक विधाका कलाकार ल्याइएको आयोजकका सचिव एवं महोत्सव संयोजक जीवन नेपालले बताउनुभयो ।

महोत्सवमा विशेषगरी हालसम्म चर्चित गायकगायिका कमल खत्री, बद्री पङ्गेनी, प्रिती आले, ज्योति मगर, नवराज घोरासैनी, भोजराज काफ्ले, सरोज लामिछाने, विन्दु परियार, ग्लुमी गाइजको प्रस्तुति गराइएको छ । महोत्सवमा उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष मिलन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नौ दिनमा ५० हजारले महोत्सवको अवलोकन गरेका छन् ।

महोत्सवको आकर्षणका रुपमा ११ वर्षकी ९बालगायिका० कमला घिमिरे रहेकी छिन् । उनले युवा गायिकाझैँ दोहोरी गीत प्रस्तुत गर्दा उपस्थितले निकै मनोरञ्जन महसुस गरेका स्थानीय सन्तोष बानियाँले बताउनुभयो । उनी आएका दिन महोत्सवमा करीब पाँच हजारको उपस्थिति रहेको थियो । पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

“हामीले भ्रमण वर्षलक्षित महोत्सव आयोजना गरेका छौँ, महोत्सवले पाँचखालका उत्पादन तथा सांस्कृतिक एवं पर्यटन, भ्यूटावरलगायत स्थलको प्रचारप्रसार गर्दैछौँ”, संयोजक नेपालले भन्नुभयो । उहाँका अनुसार महोत्सवले पाँचखालमा पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । महोत्सवमा पाँचखाल क्षेत्रमा बसोबास गर्ने दनुवार तथा तामाङ समुदायको वेषभूषा, कला संस्कृति तथा रहनसहनको कलात्मक प्रस्तुतिलाई विशेष महत्व दिइएको छ ।

यस्तै, पर्यटकीय स्थान नगरकोटस्थित वृहत् पर्यटन सहकारी संस्थाले भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा घरवास व्यवस्थापन गरेको छ भने विदेशी पाहुनाका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने, सहकारीमार्फत नगरकोटमा स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा घरवासको सङ्ख्या बढाउँदै लगिने, स्थानीय सक्षम युवा छनोट गरी ‘गाइड’सम्बन्धी तालीम दिइने, पर्यटकीय एकीकृत वस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा अग्र्यानिक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ ।

यसअघि काभ्रेपलाञ्चोकमा पर्यटन प्रवद्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । साथै, सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना अघि सारेको छ ।