१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

हजारौले लिए निःशुल्क स्वास्थ्य सेवा

हजारौले लिए निःशुल्क स्वास्थ्य सेवा
अ अ+ अ-

बागलुङ । बागलुङ बजारमा अयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविरमा सात हजार ९८३ बिरामीले सेवा लिएका छन् । ताइवान र नेपालका करीब ३०० स्वास्थ्यकर्मीको सहभागितामा धवलागिरि अञ्चल अस्पतालमा बुधबार र बिहीबार दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरको पहिलोदिन बुधबार तीन हजार ८९३ र बिहीबार तीन हजार ९० ले उपचार, परामर्श तथा आषौधि सेवा लिएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो । लामो समयदेखि नशारोगसँग लडिरहनुभएका बागलुङ नगरपालिका–४ का गौरी विकले निःशुल्क उपचार पाउँदा निकै खुशी व्यक्त गर्नुभयो ।

शिविरमा नाक, कान, घाँटी, पेट, आँखा, स्त्रीरोग, पारिवारिक औषधि, चिनियाँ (ताइवान) औषधि, बाल चिकित्सा, दन्त, हृदयरोग नशा, हाडजोर्नी, फोक्सोसम्बन्धी सेवा उपलब्ध गराइएकोे शिविरको आयोजक रोटरी क्लब अफ बागलुङका सचिव दीपेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

शिविरमा ताइवानबाट ३० चिकित्सकसहित १२० जनाको मेडिकल टिम, गण्डकी अस्पताल पोखरा, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि अञ्चल अस्पतालका करीब ५० चिकित्सकसहित १५० रोटरियन मेडिकल टिम, स्वयंसेवी, पोखरा हेल्थ साइन्स एकेडमी, पश्चिम नेपाल स्वास्थ्य एकेडेमीका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

रोटरी इन्टरनेशल डिस्ट्रिक ३५२३ ताइवान (चीन) तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपालको सहयोग तथा रोटरी क्लब अफ बागलुङ, धवलागिरि अस्पताल र रोट्रयक्ट क्लव अफ बागलुङको संयुक्त आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा आएका ताइवानीले अस्पताललाई आवश्यक उपकरण तथा रामरेखा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका थिए । नेपालमा स्वास्थ्य सेवा लिएर आउँदा निकै खुशी लागेको रोटरी इन्टरनेशनल डिस्ट्रिक ताइवानका गर्भनर जोयले खुशी व्यक्त गर्नुभयो ।