१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

पशुपक्षीलाई एक दिनको पूजा र माला !

पशुपक्षीलाई एक दिनको पूजा र माला !
अ अ+ अ-

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् ।

“यो सब देखावटी नाटक झैँ लाग्छ, एक दिन पूज्ने, ३६४ दिन मतलब नगर्ने, यसरी पूजा गरी माला लगाएको के अर्थ रु” पशु अधिकारकर्मी बीना पन्त प्रतिप्रश्न गर्नुहुन्छ । शनिबारदेखि त्यही दिन देख्नुपर्ने छ भनेर पन्त आजैबाटै चिन्तित हुनुहुन्छ । पशुपक्षीलाई बास्तवमा माया गर्नेले यसरी देखावटी गर्दैनन् ।

केही महीनाअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका तीन दर्जन गाईगोरु सुर्खेतको एक जङ्गलमा मृत अवस्थामा भेटिएको र कैयौँ घाइते देखिएको कारुणिक दृष्यले नै प्रष्ट हुन्छ पशुहरुको अवस्था नेपालमा कस्तो छ भनेर । सच्चा प्रेम गर्नेले हरेक दिन उनीहरुको संरक्षणमा चिन्तित हुनुपर्ने पन्तको भनाइ छ ।

‘पशुपक्षीप्रति निर्दयीता रोकावट समाज’मार्फत बीना पन्तको समूहले अहिले पशुको संरक्षण अभियान चलाउँदै आउनुभएको छ । संस्कृतिविद् डा गोविन्द टण्डनको संरक्षकत्वमा तथा पशु अधिकारकर्मी विकेश श्रेष्ठको अध्यक्षतामा गठित समाजमा सम्झना आचार्य, शान्ता सुब्बा, रीमा कपाली, बीना पन्त, सञ्जिता खड्का, रीता सुब्बा, नेहा श्रेष्ठलगायतको समूह सक्रिय हुनुहुन्छ । उहाँहरुको संरक्षण केन्द्रमा अहिले पनि ८० वटा कुकुर छ । गाईबाच्छा पनि राखिएको छ ।

सडकमा गाडीले किचेर र रोगले ग्रस्त भएर छटपटाइरहेका पशुहरु यत्रतत्र छन् । यस्तो देख्दा पीडा लागेर आउँछ भन्नुहुन्छ । पन्त । कुकुर त आफैँ सँघेर पनि खानेकुरा खोज्न सक्छ । तर गाईगोरुको पीडा झन डरलाग्दो छ रहेको पशु संरक्षणकर्मीको भनाइ छ । पन्तका अनुसार गाईगोरु बाच्छाबाच्छी सडकमा हुँदा तिनीहरुलाई खाने कुरा हुन्न पौष्टिक खाएर बस्ने गरेका घाइते धेरै हुन्छन् ।

धेरै समय प्लाष्टिक खाएकाले तिनीहरु बाँच्ने सम्भावना कम हुने पशु चिकित्सकको भनाइ छ । पन्तका अनुसार पनि केही वर्षको अन्तरालमा उद्धार गरिएका धेरै गाईगोरु उपचारको प्रयास गर्दागर्दै मरेको छ । सडकमा प्लाष्टिक खाएकाले बचाउन नसकिएको उहाँको भनाइ छ । उहाँको समूहले सडकमा घाइते भएकाको उद्धार र संरक्षण गर्दै आउनुभएको छ । अलि राज्यको ध्यान पशुको क्षेत्रमा जाने हो भने समाधान हामीसँगै छ भन्नुहुन्छ पन्त ।

उहाँहरुको समूहले अहिले ८० कुकुर पालेका छन् । हिजोसम्म राम्रो देखिने गाईबाच्छा, कुकुर आज घाइते हुन्छन् । सबै रातिको समयमा गाडीले ठक्कर दिएको हुन्छ । पछिल्लो समयमा जनावरको अधिकारका बारेमा आवाज उठ्न थालेको छ । संरक्षण केन्द्र पनि बढ्दो क्रममा छ । उपत्यकाको विभिन्न क्षेत्रमा एनिमल नेपाल, स्नेहा केयर, काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर नेपाल, श्री फाउण्डेसनलगायतले गाई, गोरु, कुकुर, बिरालो, गधालगायत जनावरको संरक्षण गर्दै आएको छ ।

उनीहरुले पालेका कुकुर गाडीले हानेर घाइते हुनाका साथै अपा¬ङ्गतासमेत भएका छन् । कुनैको हर चल्दैन, कुनैको शरीरको पछाडिको भाग चल्दैन । साना बच्चादेखि बूढोसम्मका असहाय, अपाङ्ग पशुहरु राखिएको छ । घाउमा किरा परेका कुकुर छन्, खुट्टा कुहिएका छन् सबैलाई ल्याएका छौँ, उपचारपछि धेरै निको पनि भएको छ”, पन्तले आफ्नो अनुभव सुनाउनुभयो ।

पन्तको समूह कुकुरको उद्धारमा नै दिनभर खटिन्छ । सडकमा छाडा छाडिएका हरेक पालुवा जनावरमा मन जान्छ । दिनको धेरैजसो समय सडकसडक दगुर्दैमा बित्छ । कतैबाट फोन आयो भने असहाय पशुहरुको उद्धारमा लाग्ने पन्त बाटोमा हिँड्दै गर्दा असहाय गाई, कुकुर बसेको देख्नेबित्तिकै सके आफ्नै गाडीमा नसके ट्याक्सीमै हालेर पनि केन्द्रमा पु¥याउनुहुन्छ । सडकका बेवारिसे मानवको उद्धारमा समेत उहाँ यसैगरी खटिनुहुन्छ ।

यहाँ पालिएका कुकुरलाई बन्ध्याकरण गरी बलियो बनाएर उसको पुरानै ठाउँमा छाड्ने गरिएको उहाँले बताउनुभयो । असहाय पशुको संरक्षणका लागि डा गोविन्द टण्डनले २७ वर्षअघि पशुपक्षीप्रति निर्दयीता रोकावट समाज नेपाल स्थापना गर्नुभएको थियो । पृथ्वीमा सबै प्राणीले बाँच्न पाउने अधिकार छ । सबैले सबैलाई प्रेम गरौँ मानवलाई पनि माया गर्नुपर्छ र असहाय पशुलाई पनि संरक्षण गर्नुपर्छ भन्ने उक्त संस्थाको उद्देश्य रहेको जनाइएको छ ।