१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

“ओली नेतृत्वको सरकार सफल”

“ओली नेतृत्वको सरकार सफल”
अ अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई ठूला छिमेकी देशबीच सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले बडादशैँ, तिहार, नेपाल संवत्, छठ, बकरइदलगायत चाडपर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपाले अङ्गिकार गरेको सन्तुलित परराष्ट्रनीतिले दुई ठूला मुलुकबीच सुदृढ सम्बन्ध स्थापित भएको बताउनुभयो ।

सदियौँदेखि अरुबाट हेपिएको अवस्थामा रहेको नेपालको अवस्था आज त्यस्तो नरहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “भूगोलका आधारमा देश ठूलो–सानो भए पनि सार्वभौमिकता, न्याय र स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने मान्यता पहिलोपटक स्थापित भएको छ ।” उहाँले नेपाल कुनै शक्तिको खेलमैदान नरहेको प्रमाणित भइसकेकाले यसलाई कायम राखिरहनुपर्नेमा जोड दिनुभयो । “केपी ओली नेतृत्वको सरकारको सन्तुलित परराष्ट्रनीतिका कारण आज नेपाललाई विदेशीले हेर्ने दृष्टिकोण बदलिएको छ”, उहाँले भन्नुभयो ।

विसं २०७४ को निर्वाचनले नेपालमा अब धेरै पार्टी आवश्यक छैन भन्ने म्याण्डेट दिएकाले समृद्ध नेपाल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिनुभयो । प्रदेश सरकारमा आधारभूत संरचना र कानून निर्माण भएकाले अब विकासको बाटोमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले चाडपर्व सांस्कृतिक सम्पदा भएकाले सबै धर्म र जातिका चाडपर्वको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । सांस्कृतिक सहअस्तित्व, राष्ट्रिय एकता सार्थक बनाउन सबैलाई आह्वान गर्दै उहाँले भन्नुभयो, “सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्न चाडपर्वले प्रेरणा दिन्छ ।”

नेकपाका जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, प्रदेशसभा सदस्य आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, सांसद कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो ।