१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

न्यायको पखाइमा छन् द्वन्द्वपीडित

न्यायको पखाइमा छन् द्वन्द्वपीडित
अ अ+ अ-

रोल्पा । सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएका द्वन्द्वपीडितहरुले शान्ति बहालीपछि लामो समयसम्म पनि न्याय पाउन नसकेको दुःखेसो पोखेका छन । सशस्त्र द्वन्द्व शान्ति प्रकृयामा रुपान्तरण भएको १२ वर्ष पूरा हुँदा पनि न्यायको अनुभूति नभएको उनीहरुको भनाइ छ ।

विसं २०५८ मङ्सिर ८ गतेदाङको घोराही छावनी आक्रमणमा श्रीमान् मारिए पछि छोराछोरीको मुख हेरेर बसेको रोल्पा नगरपालिका–२ थलिवाङकी ओमकुमारी डाँगीले बताइन् । “द्वन्द्वपीडितका समस्यै समस्या छन्, त्यसमा पनि छोराछोरी पढाउने ठूलै समस्या छ,” डाँगीले भनिन् । उनका अनुसार सरकारले दिने वार्षिक १८ हजारले तल्ला कक्षा अध्ययनमा सहयोग पुगेको भए पनि उच्च शिक्षामा उक्त सुविधा नपाउँदा बीचमा पढाइ छाड्नु पर्ने अवस्था छ । द्वन्द्वपीडितका बालबालिका एसएलसीपछि विदेश जान बाध्य छन् ।

सशस्त्र द्वन्द्वमा श्रीमान् र देवर गुमाएकी रोल्पा नगरपालिका–१० धवाङकी धनमाया पुनले अर्थाभावका कारण आफूले तीन छोरालाई विद्यालय पढाउन नसकेको बताइन् । “घरको आर्थिक अवस्था कमजोर थियो, त्यसकारण छोराहरु विदेश जान बाध्य भए,” पुनले भनिन् । द्वन्द्वमा मारिएका देवरको छोरीलाई समेत पालनपोषण गर्ने जिम्मेवारी थपिए पछि द्वन्द्वपीडित बालबालिकाले पढ्ने दाङको हेमन्तपुरस्थित विद्यालयमा भर्ना गरेको जानकारी पनि उनले दिइन् ।

बेपत्ता पारिएकाहरुका श्रीमतीहरु अन्य द्वन्द्वपीडितको तुलनामा थप पीडित रहेका मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यको अनुभव छ । श्रीमान् मारिएकाहरुले एकल महिलाको नाममा राज्यबाट थोरै भए पनि सेवा सुविधा लिएका छन् तर बेपत्ताका श्रीमतीहरु यो अवसरबाट समेत वञ्चित छन् । बेपत्ताहरु मरे वा ज्यूँदा छन् भन्ने जति सक्दो चाँडो यकिन हुनुपर्ने आचार्यको माग छ । “द्वन्द्वपीडितहरुलाई उसका आफन्तले राखेको राजनीतिक आस्थाको आधारमा कित्ताकाट गरिन्छ र अवसर र सेवा सुविधामा समेत विभेद गरिँदै आइएको छ,” आचार्यले भनिन् ।

आफूहरु द्वन्द्वपीडितहरुप्रति संवेदनशील भएर काम गर्ने प्रयासमा रहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । नगरपालिकाले प्राविधिक शिक्षाका लागि वर्षेनी १०० जनालाई छात्रवृत्ति दिने गरेको छ । ती छात्रवृत्तिमा द्वन्द्वपीडितलाई प्राथमिकता दिइने गरिएको छ । उहाँका अनुसार नगरपालिकाको छात्रवृत्ति कोटामा जिल्ला र जिल्लाबाहिर सिभिल इञ्जिनीयरिङ, कृषि, पशु तथा स्वास्थ्यमा डिप्लोमा तहको पढाइ गरिरहेकामध्ये द्वन्द्वपीडित विद्यार्थीको सङ्ख्या धेरै छ । नगरपालिकाले छात्रवृत्तिमा वर्षेनी ३० लाखभन्दा बढी खर्च गरिरहेको छ । नगरपालिकाले करार सेवामा कर्मचारी भर्ना गर्दासमेत द्वन्द्वपीडितलाई प्राथमिकता दिने गरेको छ । हाल भर्ना भएका कार्यालय सहयोगी र अनमीमध्ये ५० प्रतिशतभन्दा बढी द्वन्द्वपीडित भएको प्रमुख केसीले जानकारी दिए । सशस्त्र युद्धमा घाइते/अपाङ्ग भएकाहरुलाई समेत प्राथमिकतामा राखेर अघिल्लो वर्ष नगरपालिकाले ५०० जनाका लागि शीपमूलक तालीम सञ्चालन गरेको थियो ।

सशस्त्र द्वन्द्वमा मारिएका ११० जना नगरपालिकाका बासिन्दा रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । आगामी वर्ष ती द्वन्द्वपीडित परिवारलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन नगरपालिकाले स्वास्थ्य बिमा गरिदिन खोजिएको नगर प्रमुख केसीले जानकारी दिए । स्वास्थ्य बिमाले द्वन्द्वपीडितलाई वर्षभरि उपचार गर्न पुग्ने भएकाले स्वास्थ्यमा थपिँदै आएको व्ययभार कम गर्न मद्दत पुग्ने नगरपालिकाले आशा गरेको छ ।

द्वन्द्वपीडित महिलाहरुले पारिवारिक र सामाजिक दोहोरा जिम्मेवारी पूरा गरिरहेका छन् । दोहोरो जिम्मेवारीको चपेटामा रहेका उनीहरुले अर्थोपार्जनका कृयाकलापमा समावेश हुन नसकेको गुनासो गर्दैआएका छन् । परिवारको पालनपोषण तथा समाजमा हुने बैठक भेला एवं झाराखारामा समेत समावेश हुनुपर्ने दोहोरो जिम्मेवारी भएको उनीहरु बताउँछन् ।
धेरै द्वन्द्वपीडित महिलाहरुमा उदासीनताको समस्या देखिन थालेको नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष गीता पोख्रेलको भनाइ छ । द्वन्द्वपीडितहरु आफ्नो समस्या आफैं राख्न सक्दैनन् । “अरुले उनीहरुका समस्या व्यक्त गर्न नसक्ने भएकाले उनीहरु सधैं पीडैपीडामा रहन्छन्,” अध्यक्ष पोख्रेलले भनिन् ।

विगतमा राज्यले दिएको राहतप्रति समाजको हेराइ पनि सकारात्मक नभएको अध्यक्ष पोख्रेलको भनाइ छ । “दश लाखको राहत नामको चारो किस्ता किस्तामा लिन लगाइयोे जसले घर भाँडिने मात्रै हैन समाजले समेत सरकारी पैसा खाने भनेर लाञ्छना लगाउने गर्छन्,” अध्यक्ष पोख्रेलले भनिन् । स्थानीय सरकारहरुले द्वन्द्वपीडितका परिवारलाई रोजगारीमा अवसर दिएको बताउने गरे पनि आफ्ना आसेपासे र कार्यकर्ताले मात्रै यस्तो अवसर पाएको अध्यक्ष पोख्रेलको आरोप छ । उनका अनुसार कक्षा दोहो¥याउने र १८ वर्ष पूरा गरेका विद्यार्थीले पाइरहेको छात्रवृत्ति कटौती हुने सरकारी प्रावधान न्यायसङ्गत छैन ।

विसं २०५२ सालदेखि शुरु भएको सशस्त्र द्वन्द्वमा ९७३ जना रोल्पालीले ज्यान गुमाएका थिए । सो अवधिमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका ३३ जनाको अवस्था अझै अज्ञात छ । घाइते तथा अङ्गभङ्ग हुने र सम्पत्ति गुमाउने रोल्पालीको लेखाजोखा नै छैन । पछिल्लो राजनीतिक परिवर्तनमा सबैभन्दा बढी बलिदानी गरेको भए पनि रोल्पाका द्वन्द्वपीडितको अवस्था निकै दयनीय छ । विकासको प्रतिफल उपभोग गर्न पाउनु त कहाँ हो कहाँ सामान्य गाँस, बास र कपासको अभावमा यहाँका शहीद परिवार छटपटारहेका छन् ।