७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुराको भाले मरेपछि चक्काजाम



अ+ अ-

दाङ । खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अ’वरुद्ध पारेका थिए ।

तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा भालेलाई ठक्करदिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अ’वरुद्ध पारेका हुन् । स्थानीय युवा र कुखुराको मालिकको विचमा भएको छलफलपछि बस मालिकसँग भेटेर क्ष तिपूर्ति दिलाउने सहमतिमा बाटो खुलेको हो।