१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

खाजाले चेपाङ बालबालिका विद्यालय नियमित

खाजाले चेपाङ बालबालिका विद्यालय नियमित
अ अ+ अ-

चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ६ मा रहेको देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयको अवस्था हिजो आज बदलिएको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा बालबालिका भरिभराउ हुन्छन् । यहाँ दैनिक ८० देखि १०० सम्म विद्यार्थी विद्यालय आउने गर्छन् ।

गत वर्ष ३५ देखि ४० जनाको हाराहारीमा विद्यार्थी नियमित आउने गरेकामा गत असारदेखि भने नियमित आउने विद्यार्थीको सङ्ख्या बढेको हो । विद्यालयमा खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानु पाण्डेले बताउनुभयो ।उहाँलाई मध्यान्तरमा शिक्षकहरुले खाजा खाँदा बालबालिका भने झ्यालबाट टुलुटुलु हेरेको दृश्य दुःखलाग्दो क्षण बन्थ्यो तर शिक्षकहरुले दैनिक बालबालिकालाई खाजा खुवाउन सक्ने स्थिति पनि थिएन ।

दुई घण्टासम्म हिँडेर विद्यालय आउनुपर्ने तर दिनभर खाजा खान नपाउँदा चेपाङ बालबालिकाहरु अध्ययनरत यस विद्यालयमा विद्यार्थी नियमित हुन सकेका थिएनन् । प्रधानाध्यापक पाण्डेलाई विद्यार्थीलाई कसरी नियमित गराउने भन्नेमा चिन्ताले सताउँथ्यो । उहाँले विद्यालयको दयनीय अवस्थाबारे सँगै क्याम्पस पढेका साथी कृष्ण ठकुरीलाई बताउनुभयो ।

भरतपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ठकुरीले विद्यालयको अवस्थाबारे अनुगमन गरेपछि चिनजान भएको नारायणगढस्थित लायन्स क्लब अफ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेलाई त्यस विषयमा जानकारी गराउनुभयो । त्यसपछि सहयोग जुट्ने क्रम शुरु भयो ।

अध्यक्ष चुके, रोट्र्याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई एक वर्षका लागि खाजाको व्यवस्था गर्ने चाँजोपाँजो मिलाइयो । गत असारदेखि खाजाको व्यवस्था गरिएकाले बालबालिका नियमित विद्यालय आउन थाले । खाजा कार्यक्रम घोषणासँगै उनीहरुले शैक्षिक सामग्री पनि उपलब्ध गराएका थिए ।यस शैक्षिकसत्रमा विद्यालयमा १२० बालबालिका भर्ना भएका छन् । घरदेखि विद्यालयको दूरी टाढा हुनु र गरीबीका कारण चेपाङ बालबालिका नियमित विद्यालय आउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले बताउनुभयो ।

यहाँका चेपाङ समुदायलाई बिहान–बेलुका छाक टार्नै मुस्किल भएकाले खाजाको व्यवस्था गर्न नसक्दा बालबालिका विद्यालयमा नियमित हुन नसकेको उहाँको भनाइ थियोे । चितवनको एक मात्र उक्त गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट भएकाले यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई टिकाउनै मुस्किल पथ्र्यो । सरकारले ल्याएको दिवा खाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थी स्कूल जान पनि छाडेका थिए ।