१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

विद्यालय भवनको शिलान्यास गर्न उपराष्ट्रपति पुन हुम्लामा

विद्यालय भवनको शिलान्यास गर्न उपराष्ट्रपति पुन हुम्लामा
अ अ+ अ-

हुम्ला । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै कर्णाली करिडोरको गुरुयोजना तथा गौरवको योजना नेपाल सरकारको तालिकामा परिसकेको बताउनुभयो ।

सो योजना सरकारको तालिकामा परेसँगै काम पनि तीव्रगतिमा भइरहेको र करीब ७०/८० किलोमिटर मात्रै हुम्ला आइपुग्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । भारत र चीन जोड्ने ठूलो करिडोर तथा एउटा हाइवेका रूपमा यसलाई विकास गर्ने नेपाल सरकार र कर्णाली प्रदेश सरकारको योजना रहेको उहाँले बताउनुभयो । यसलाई फाष्टट्र्याकका रुपमा चीन र भारतसँग मोटरबाटो निर्माण गर्ने योजना रहेको पुनले बताउनुभयो ।

मानसरोवर दर्शनका लागि हुम्लाबाट छोटो तथा सजिलो नाका भएकाले बाह्य पर्यटक यही जिल्ला भएर दर्शनका लागि जाने भएकाले कर्णाली करिडोरलाई पहिलो प्रथामिकता दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले कर्णाली करिडोरको बाटो सञ्चालनमा आएपछि देश तथा विदेशबाट कैलाश, मानसरोवर दर्शनका लागि हजारौ धार्मिक पर्यटक आउने हुँदा हुम्लाको मात्रै नभएर कर्णालीकै आर्थिक स्तरोन्नति हुने बताउनुभयो ।

उपराष्ट्रपति पुनले हेलिकोप्टरमार्फत हिल्सा नाकामा गएर अवलोकनसमेत गर्नुभएको थियो । अवलोकनका क्रममा उहाँले पर्यटकीयस्थलबाट कर्णालीले पनि फाइदा लिनुपर्ने बताउनुभयो । यसैगरी आजै भएको नमूना विद्यालयको शिलान्यास कार्यक्रममा उपस्थित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय निर्माण गर्ने बताउनुभयो ।

कर्णाली प्रदेशमा पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य धार्मिक सभ्यता रहेको उहाँले बताउनुभयो । कर्णाली भाषा संस्कतिको उत्पत्ति भएको प्रदेश भएकाले यसलाई प्रचारका रुपमा पनि लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि प्रदेश सरकाले सिमकोटमा एक वर्षभित्र सडक पुर्याउने बताउनुभयो ।