१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

“गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ र फोटो किन ?”

“गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ र फोटो किन ?”
अ अ+ अ-

काठमाडौं। चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कु’टपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै सं’घर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोडजस्ता अमानवीय र घृणित घ’टना घटाईएकोमा घोर भ’त्र्सना गरेको हो ।

चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्द र चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टको संयुक्त नाममा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘त्यति मात्र होईन, उक्त राति होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र आफ्नो नजिकका सिनियर विद्यार्थीद्वारा गरिउको निर्घात कुटपिटजस्ता अपराधिक घट्नाले हामी विद्यार्थीहरु स्तब्ध भएका छौं । राज्यको न्यायिक निकाय र अस्पताल सञ्चालनको माफियामुखी र भ्रष्टाचारमुखी प्रणालीप्रति विद्यार्थीको अविश्वास छ । राज्य र अस्पताल प्रशासन दुवै विद्यार्थी र आम नागरिकप्रति गैरजिम्मेवार बन्दै जानुको परीणामस्वरुप उक्त घट्ना भएको हो भन्नेमा दुईमत छैन र हुनुहुँदैन् ।’
चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्दले हिजो भएको घट्नाको कडा निन्दा गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे ।
उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईसँग खिचेको तस्विरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईको ध्यानाकार्षण गराउन चाहन्छौं ।’ विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिनपनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरे । उनले भने,‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दापनि सरकार मुकदर्शक हुनु दुःखद् हो । हामी माग पूरा नभएसम्म संघर्षलाई निरन्तरता दिन्छौं ।’

उनले मेडिकल माफियाहरुले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरु सडक संघर्षमा एप्रोसनसहित कडा रुपमा उत्रिने चेतावनी दिए । उनले भने,‘निजी मेडिकल कलेजबाट बढि शुल्क फिर्ता गराउने कुरामा सरकारलाई हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ ।’ तर, प्रधानमन्त्री ओलीले थ्रेट गर्नुपर्ने मान्छेसँग तस्विर खिचाएर उल्टै संरक्षण गर्नु दुर्भाग्य भएको पनि उनको टिप्पणी छ । शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरुको गाडी तोडफोड गर्न लगाएको घट्नाको पनि उनले कडा निन्दा गरे ।
उनले भने,‘विद्यार्थीको गाडीमाथि किन तोडफोड भयो ? यसको प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिन्छ ।’ आफूहरुको माग पूरा नभएसम्म एम.बि.बि.एस.को पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेतावनी दिए । उनले आफूहरुले उठाएको विषय कुनै संघ, संस्थाको भन्दापनि राष्ट्रको विषय भएको स्पष्ट पारे ।