११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो

ट्रम्पको दाबी : ‘इरानले आत्मसमर्पण गरे पनि आलोचकले त्यसलाई विजय भन्न सक्छन्’

ट्रम्पको दाबी : ‘इरानले आत्मसमर्पण गरे पनि आलोचकले त्यसलाई विजय भन्न सक्छन्’
अ अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा आत्मसमर्पण गरे पनि अमेरिकी राजनीतिक विपक्षी र केही मिडियाले त्यसलाई उल्टै ‘इरानको विजय’ का रूपमा चित्रण गर्न सक्ने दाबी गर्नुभएको छ । सोमबार (स्थानीय समय) सामाजिक सञ्जालमार्फत गरिएको लामो अभिव्यक्तिमा राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना नष्ट भएको, सेना तेहरानबाट फिर्ता भएको र सबै सैनिकले हतियार त्याग्दै आत्मसमर्पण गरेको काल्पनिक परिदृश्य प्रस्तुत गर्नुभएको थियो । उहाँले त्यस्तो अवस्थामा समेत आलोचकहरूले घटनालाई गलत ढङ्गले व्याख्या गर्ने आरोप लगाउनुभयो ।

यदि इरानको नेतृत्वले सबै आवश्यक ‘आत्मसमर्पणका कागजात’ मा हस्ताक्षर गरी संयुक्त राज्य अमेरिकाको शक्ति स्वीकार गरे पनि डेमोक्रेट र केही मिडियाले त्यसलाई वास्तविकताभन्दा फरक रूपमा प्रस्तुत गर्ने सम्भावना रहने उहाँको भनाइ छ । उहाँले आफ्नो पोस्टमा लामो विवरण दिँदै इरानको सम्पूर्ण सैन्य संरचना समाप्त भएको, सेना पछि हटेको र युद्धमैदानमा पूर्ण हार स्वीकार गरिएको अवस्थालाई उदाहरणका रूपमा उल्लेख गर्नुभयो । उहाँले यस्तो अवस्थामा पनि विपक्षीहरूले घटनाको अर्थ उल्ट्याउने दाबी दोहो¥याउनुभयो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी मिडियामाथि समेत आलोचना गर्दै केही सञ्चारमाध्यमहरूले परिस्थितिलाई विकृत रूपमा प्रस्तुत गर्ने आरोप लगाउनुभयो । आलोचकहरूले स्पष्ट पराजयको अवस्थालाई समेत ‘इरानको विजय’ भनेर चित्रण गर्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले विशेष रूपमा डेमोक्रेटहरूलाई लक्षित गर्दै उनीहरूलाई ‘डुमाक्राट्स’ भनी उल्लेख गर्नुभएको छ र उनीहरू तथा केही मिडियाले द्वन्द्वको वास्तविकता बुझ्न नसकेको आरोप लगाउनुभएको छ । ट्रम्पले द न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र सिएनएनलगायत मिडिया संस्थाहरूको नाम उल्लेख गर्दै ती संस्थाहरूले गलत शीर्षक राख्ने र वास्तविकताभन्दा फरक व्याख्या गर्ने दाबी गर्नुभयो ।

यस्ता मिडिया संस्थाहरू ‘अब अप्रासङ्गिक’ हुँदै गएको उहाँको टिप्पणी छ । यसैबीच, राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी कूटनीतिक प्रयासप्रति आशावादी सङ्केत पनि दिनुभयो । उहाँले तेहरानसँगको युद्धविराम विस्तार गर्ने र क्षेत्रीय रणनीतिक समुद्री मार्गमार्फत ढुवानी पुनः सञ्चालन गर्ने सम्झौता ‘आगामी हप्ताभित्र’ हुन सक्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले एबीसी न्युजसँग कुरा गर्दै ढुवानी मार्ग पुनः सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयु) मा अझै केही बुँदामा अन्तिम सहमति बाँकी रहेको बताउनुभयो । “मैले अझै केही विन्दुहरू प्राप्त गर्न बाँकी छ”, उहाँको भनाइ उद्धृत गरिएको छ ।

यसअघि सोमबार नै ट्रम्पले तेहरानसँग वार्ता तीव्र गतिमा अघि बढिरहेको दाबी गर्दै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा कूटनीतिक संवाद जारी रहेको उल्लेख गर्नुभएको थियो । तर पछिल्लो कूटनीतिक प्रयासको बीचमा पनि स्थिति अस्थिर रहेको बताइएको छ । केही हप्ताअघि स्थापित अस्थायी युद्धविराम हालैका दिनहरूमा भएका प्रतिआक्रमणका घटनाका कारण पुनः दबाबमा परेको छ । अमेरिकी र इरानी सेनाबीच पछिल्ला दिनहरूमा देखिएको तनावले युद्धविराम कमजोर हुने र कूटनीतिक प्रक्रिया अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।