२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राप्रपाको आपत्ति, सदनमा आएर स्पष्ट पार्न शाहीको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै शाहीले प्रधानमन्त्रीले आइतबार संसद्मा नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको तथ्यगत आधार सार्वजनिक गर्न चुनौती दिए।

उनले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र मुलुकको भौगोलिक अखण्डतासँग सम्बन्धित संवेदनशील विषय उठाएको भन्दै यदि त्यस्तो दाबी पुष्टि गर्न नसकिने अवस्था भए संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने बताए।

“भारतको कुन भूभाग नेपालले मिचेको छ भन्ने तथ्य सरकारले सदनलाई जानकारी गराओस्,” शाहीले भने, “यदि त्यसको प्रमाण दिन सकिँदैन भने प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका लागि संसद्मा आएर क्षमा याचना गर्नुपर्छ।”

शाहीले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन समेत माग गर्दै यस्ता विषयमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको धारणा राखे। विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै आएका छन्।