११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँः प्रधानमन्त्री साह

वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँः प्रधानमन्त्री साह
अ अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहले गरिब र विपन्नलाई निःशुल्क शिक्षा–स्वास्थ्य उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले देशभरका गरिब तथा विपन्न नागरिकले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउने व्यवस्था विस्तार गर्ने बताउनुभएको हो ।

यसका लागि संघीय सरकार र स्थानीय तहबीच सहकार्य गरिने उहाँको भनाइ छ । उहाँले संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था भएपनि त्यसअनुसार पर्याप्त बजेट उपलब्ध नभएको उल्लेख गर्नुभयो ।

तत्कालका लागि सबै नागरिकलाई नभएर कम्तीमा विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिरहेको उहाँको दाबी छ । उहाँले साम्यवाद र समाजवादका भाषण गर्न सहज भएपनि कार्यन्वयनमा ल्याउन मुस्किल हुने बताउनु भयो । यी अवधारणालाई भाषणमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने उहाँको भनाई छ ।

काठमाडौं महानगरपालिकाको मेयर रहँदाको अनुभव स्मरण गर्दै उहाँले निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति तथा निजी अस्पतालमा १० प्रतिशत शय्या विपन्न नागरिकका लागि सुनिश्चित गर्ने व्यवस्था कार्यान्वयन गरिएको बताउनुभयो । यस्ता कार्यक्रमहरू नै वास्तविक समाजवाद भएको उहाँको भनाई छ ।