२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि आर्थिक स्रोत र दीर्घकालीन रणनीति आवश्यक छ: प्रधानमन्त्री शाह



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशको वर्तमान प्राथमिकता आत्मविश्वासभन्दा पनि आर्थिक स्रोत र विकासका लागि आवश्यक वित्तीय व्यवस्थापन रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकारले अहिले देशलाई आवश्यक पैसा जुटाउने र विकासका कामलाई गति दिने विषयमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे।

उनले अल्पविकसित देशबाट विकासशील हुँदै विकसित राष्ट्रमा स्तरोन्नति हुने प्रक्रिया उल्लेख गर्दै चीनको उदाहरण प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाहका अनुसार देशलाई कहिले विकसित बनाउने भन्ने कुरा दीर्घकालीन रणनीतिक विषय भएकाले त्यसअनुसार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने हुन्छ।