५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

राइड सेयरिङ अब करको दायरामा, दुईपांग्रेलाई कालो नम्बर प्लेट अनिवार्य

राइड सेयरिङ अब करको दायरामा, दुईपांग्रेलाई कालो नम्बर प्लेट अनिवार्य
अ+ अ-

काठमाडौं ।  सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरलाई अब औपचारिक कर तथा नियामक प्रणालीभित्र ल्याउने तयारी गरेको छ। आर्थिक विधेयक २०८३ मार्फत सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार राइड सेयरिङमा प्रयोग हुने सवारीसाधनले अब छुट्टै कालो नम्बर प्लेट लिनुपर्नेछ भने सेवा प्रदायक र चालक दुवै नयाँ कर प्रणालीको दायरामा पर्नेछन्।

नयाँ प्रावधानले राइड सेयरिङका लागि प्रयोग हुने दुईपांग्रे सवारीलाई निजी सवारी नभई भाडाका सवारीसरह दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। यससँगै यस्ता सवारीधनीले वार्षिक ३ हजार रुपैयाँ आयकर तिर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ।

सरकारले मूल्य अभिवृद्धि करसम्बन्धी कानुन संशोधन गर्दै राइड सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था पनि प्रस्ताव गरेको छ। यसअनुसार राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्ताबाट लिइने सेवाशुल्कमा कर समायोजन गर्नुपर्नेछ।

यस्तै, आयकरसम्बन्धी व्यवस्थामा गरिएको संशोधनले राइड सेयरिङ प्लेटफर्म सञ्चालन गर्ने कम्पनीलाई चालकलाई भुक्तानी गर्दा १ प्रतिशत अग्रिम आयकर काट्नुपर्ने दायित्व दिएको छ। यो रकम सेवा प्रदायक चालकको आम्दानीसँग सम्बन्धित अग्रिम करका रूपमा गणना हुनेछ।

हाल देशभर विभिन्न डिजिटल प्लेटफर्ममार्फत हजारौं चालकले राइड सेयरिङ सेवा दिइरहेका छन्। सरकारले ल्याएको नयाँ नीतिले अब ती सेवाको सञ्चालन ढाँचा, दर्ता प्रक्रिया, लागत संरचना र सम्भावित भाडादरमा समेत असर पार्ने देखिएको छ।