११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ
अ अ+ अ-

काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ  कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन, पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो । उहाँले ‘विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन्’ भन्दै प्रतिबन्धहरू पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व स्वास्थ्य संगठन प्रमुखका अनुसार यद्यपि इबोलाका लागि पूर्ण रूपमा मान्यता प्राप्त खोप वा विशेष औषधि सीमित भए पनि समयमै गुणस्तरीय उपचार उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना हुन्छ । उहाँको भनाइअनुसार उहाँको बुनिया भ्रमणको उद्देश्य प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्नु पनि हो, जहाँ हालसम्म एक हजारभन्दा बढी शङ्कास्पद केसहरू रिपोर्ट गरिएका छन् ।

यसैबीच युगान्डामा पनि नयाँ सङ्क्रमणका कारण थप केसहरू पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा दुई नयाँ संक्रमण फेला परेपछि कुल नौ पुष्टि भएका केसहरू रहेका छन् । कङ्गोका स्वास्थ्यमन्त्री रोजर काम्बाका अनुसार देशले आगामी चारदेखि छ महिनाभित्र प्रकोप नियन्त्रण गर्ने लक्ष्य राखेको छ । उहाँका अनुसार मुख्य प्राथमिकता इटुरी, उत्तर किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमै संक्रमण सीमित गर्नु हो ।

उहाँले परीक्षण क्षमतामा सुधार भएको उल्लेख गर्दै अहिले प्रयोगशालामा कुनै परीक्षणको ढिलाइ नरहेको बताउनुभयो । हाल करिब नौ सय नमूना परीक्षण गरिएकोमा करिब दुई सय साठी सकारात्मक देखिएको र दैनिक दुई सय देखि तीन सय नमूना परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी पनि दिनुभएको छ ।