११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग

चीन–अरब कुटनीतिक सम्बन्धको ७० वर्षः साझा विकास र सहकार्यमा केन्द्रित

चीन–अरब कुटनीतिक सम्बन्धको ७० वर्षः साझा विकास र सहकार्यमा केन्द्रित
अ अ+ अ-

काठमाडाैँ । चीन र अरब राष्ट्रहरूबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यस वर्ष ७० औँ वर्षगाँठ मनाइँदैछ । विगत सात दशकमा यी दुई पक्षबीचको सम्बन्ध केवल व्यापार र ऊर्जामा मात्र सीमित नभई विकास, सांस्कृतिक आदानप्रदान र शान्तिप्रतिको साझा प्रतिबद्धतामा आधारित एक सुदृढ साझेदारीका रूपमा विकसित भएको छ ।

अरब क्षेत्रका विभिन्न पर्यवेक्षकहरूकाअनुसार चीनको विकासको अनुभव आधुनिकीकरण र आर्थिक रूपान्तरणको मार्गमा रहेका अरब मुलुकहरूका लागि एक महत्वपूर्ण सन्दर्भ सामग्री बनेको छ । इजिप्टका अन्तर्राष्ट्रिय मामिला अनुसन्धानकर्ता मोस्तफा अमिनले चीनको सुशासनको मोडलले आर्थिक विकासका लागि मार्गप्रशस्त गरेको उल्लेख गर्नुभयो । विशेषगरी इजिप्टको स्वेज नहर आर्थिक क्षेत्र र नयाँ प्रशासनिक राजधानीमा निर्माण भइरहेका अत्याधुनिक संरचनाहरूमा चिनियाँ सहकार्यको प्रभाव स्पष्ट देखिएको उहाँको भनाइ छ ।

यस क्षेत्रमा चिनियाँ सहयोगमा सञ्चालित पूर्वाधार र औद्योगिक आयोजनाहरूले रोजगारी सिर्जना गर्न, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) सुधार गर्न र दीर्घकालीन आर्थिक वृद्धिलाई टेवा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पनि यो साझेदारीको मुख्य स्तम्भका रूपमा लिइएको छ । कुवेत विश्वविद्यालयका जराह शहाबकाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध केवल आर्थिक स्वार्थमा मात्र टिकेको हुँदैन । जनस्तरको सम्पर्क र सांस्कृतिक समझदारीले नै दुई पक्षीय सम्बन्धको भविष्यलाई अझ प्रगाढ बनाउने उहाँको विश्लेषण छ । चीनलाई हाल एक यस्तो साझेदारका रूपमा हेरिएको छ, जसले विविधताको सम्मान गर्दै देशहरूलाई आ–आफ्नो मौलिक ढङ्गले आधुनिकीकरणको बाटोमा लाग्न प्रोत्साहित गर्दछ ।

क्षेत्रीय चुनौतीहरूका बीच संवाद र शान्तिपूर्ण विकासलाई प्रवद्र्धन गर्न चीनले निर्वाह गरेको भूमिकाको पनि विश्लेषकहरूले प्रशंसा गरेका छन्। इराकी न्युज एजेन्सीका महानिर्देशक सत्तार शरीफले अरब विश्वले भोगिरहेका विभिन्न सङ्कटहरूको समाधानका लागि चीनले अघि सारेका पहल र सहअस्तित्वको सिद्धान्त प्रशंसनीय रहेको बताउनुभयो। चीनलाई तनाव कम गर्ने र क्षेत्रीय एकतामा जोड दिने एक भरोसायोग्य मित्र राष्ट्रका रूपमा चित्रण गरिएको छ ।

यसैगरी, गाजास्थित राजनीतिक विश्लेषक मुस्तफा इब्राहिमले प्यालेस्टाइनको मुद्दा र त्यहाँका जनताको अधिकारका लागि चीनले निरन्तर रूपमा प्रदान गर्दै आएको कूटनीतिक र राजनीतिक समर्थनको उच्च सराहना गर्नुभएको छ । ७० वर्षको यो यात्राले चीन र अरब देशहरूबीचको सम्बन्धलाई थप परिपक्व बनाएको र आगामी दिनमा यसले साझा भविष्यका लागि नयाँ उचाइ लिने अपेक्षा गरिएको छ ।