२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन हुलाकले राहदानी घरमै पुर्‍याउन सुरु, दैनिक २०–३० वटा सेवा वितरण



अ+ अ-

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्ने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेपछि जिल्ला हुलाक कार्यालय चितवनले घरघरमै राहदानी पुर्‍याउने सेवा सुरु गरेको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख शालिकराम बस्यालका अनुसार हाल दैनिक २० देखि ३० वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याउने कार्य भइरहेको छ ।

पहिले पत्राचार वितरणमा सीमित रहेको हुलाक सेवा अहिले पार्सल, ई–एमएस  तथा राहदानीलगायतका सेवासमेत घरघरमै पुर्‍याउनेतर्फ विस्तार गरिएको कार्यालयले जनाएको छ ।

सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना कार्यान्वयनअन्तर्गत सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो ।

हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवा विस्तार भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

जिल्लाभित्र भरतपुर महानगरपालिकामा पाँच, राप्ती नगरपालिकामा चार तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् ।

जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत रहेको कार्यालयले जनाएको छ ।