• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

साताको अन्तिम दिन पनि नेप्से परिसूचक वृद्धि



काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंकले वृद्धि भएको छ । 

केही दिन देखि निरन्तर रुपमा बढ्दै गएको नेप्से परिसूचक बिहिबार १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको बजार मापक सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ । भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने बुधवारको तुलनामा केही घटेको छ । बुधबार ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको थियो ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ । बाँकी १० उपसमूहको परिसूचक बढेको छ । आज सबै भन्दा बढी  निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५६ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज पनि कारोबार रकमका आधारमा ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्दै हिमालयन डिष्टिलरी पहिलो स्थानमा रहेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको २० करोड, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।