८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन, आन्तरिक उत्पादन बढाउँदै कृषि क्षेत्रको सुदृढीकरण गरौँः सभापति थापा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले रेमिटेन्सको भर मात्रै पर्ने अवस्था रहे मुलुक निश्चितस्तरभन्दा माथि उठ्न नसक्ने बताउनु भयो ।

उहाँले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताउनुभयो । उहाँले आफ्नो बाख्रा पालन व्यवसायको उदाहरण दिँदै कृषि क्षेत्रमा लगानी र सम्भावनाको विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रेमिटेन्सको भरमा मात्रै पर्ने हो भने देश एउटा सर्टेन लेभलभन्दा माथि जानै सक्दैन । त्यसकारण आजको दिनमा हामीले सिक्नुपर्ने कुरा भनेको आजको दिनमा बाहिर भइरहेको कुरालाई यहाँको अर्थतन्त्रलाई बलियो बनाउनको लागि यसलाई जोडेर कसरी माथि जानसक्छौँ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो ।

मेरो फेमस बाख्रा व्यवसाय देखेर धेरै जना साथिहरु बाहिरबाट आउनुभयो, व्यवसाय शुरु गर्नुभयो । मैले एग्रिकल्चरको क्षेत्रमा यतिधेरै बाहिरबाट आउनुभएको मान्छेहरु देखेको छु । त्यसकारण कृषि व्यवसाय गर्ने मानिसका लागि १५ वर्षको ऋण सुविधा हुने हो भने धेरै जना मान्छेहरु यस्तो अवस्थाबाट जोगिन सक्नुहुन्छ ।’

उहाँले आफू छलफल र बहसमा विश्वास गर्ने उल्लेख गर्दै मुलुकको परिवर्तन नीतिमार्फत हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै