१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीको टोली एनसेल मुख्यालयमा



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ ।

दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलमा भएको अनियमितता सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको सिआईबी स्रोतको भनाई सार्वजनिक भएको छ ।

पछिल्लो समय बोलकबोलमा लिलामी मार्फत नेपाल इन्भेष्टमेन्ट कम्पनीबाट एनसेलले स्मार्ट टेलिकमलाई किनेपछि विवाद उत्पन्न भएको छ । किनभने स्मार्ट टेलिकम नेपाल सरकारले आफ्नो स्वामित्वमा पहिल्यै ल्याइसकेको छ ।

यही सिलसिलामा सिआईबीले नेपाल इन्भेष्टमेन्ट बैंंकका प्रमुख कार्यकारी ज्योती प्रकाश पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको छ । अनुसन्धानका लागि पूर्वमन्त्री जगदीश खरेलको नाम समेत जोडिएको छ, यद्यपी उहाँले यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आउनु भएको छ ।