१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो
अ अ+ अ-

काठमाडाैँ । धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो । अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण पनि ४४ खर्ब २५ अर्ब पुगेको थियो ।  कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७१.३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत कम्पनीहरूको संख्या २७० बाट बढेर २९४ पुगेको छ । तीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।

धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत कम्पनीहरूको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत तथा अन्य समूहको ८.५ प्रतिशत हिस्सा रहेको छ ।

०८२ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य ९३३ अर्ब ८९ करोड पुगेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर३९ अर्ब ८९ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर २७ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर ९७ करोड १७ लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।

त्यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको जनाएको छ ।