११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

एसइईमा जनता माध्यमिक विद्यालयको नतिजा शून्य

एसइईमा जनता माध्यमिक विद्यालयको नतिजा शून्य
अ अ+ अ-

खोटाङ। माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा ६५ दशमलव ४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइले दिएको जानकारीअनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १० दशमलव ७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको छ ।

गत वर्षको एसइईमा जिल्लाभर ५४ दशमलव ६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यस वर्ष जिल्लाका एक सय पाँच वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

साधारण धारतर्फ दुई हजार ४५२ जना सहभागी भएकामा एक हजार ६५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा तीन दशमलव छ देखि चार जिपिएसम्म ७२ जना, तीन दशमलव दुईदेखि तीन दशमलव छसम्म दुई सय ३७ जना, दुई दशमलव आठदेखि तीन दशमलव दुईसम्म छ सय ६५ जना, दुई दशमलव चारदेखि दुई दशमलव आठसम्म छ सय १८ जना, दुईदेखि दुई दशमलव चारसम्म ५८ जना, एक दशमलव छदेखि दुई जिपिए ल्याउने पाँच र अवर्गीकृत सात सय ९७ जना विद्यार्थी रहेका छन् ।

यस्तै, प्राविधिक धारतर्फ एक ५४ जना विद्यार्थीमा ३२ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तीर्थराज विश्वकर्माले जानकारी दिनुभएको छ ।

जिल्लामा यस वर्ष एसइइमा दिक्तेल बोर्डिङ स्कुलका छात्र अभय सिंहले ३.९५ जिपिए ल्याएर उत्कृष्ट भएका छन् । सोही विद्यालयका आयुस खनालले ३.९२ र रोजन थापाले ३.९१ जिपिए ल्याएका छन् ।

सामुदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलका दिपिका शाक्यले तीन दशमलव ८६, डेनिसा अधिकारीले तीन दशमलव ८२ र त्रिभुवन मावि एँेसेलुखर्ककी स्पन्दना राईले तीन दशमलव ८३ जिपिए ल्याएका  छन् ।  रासस