२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित



अ+ अ-

रसुवा।   रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन् ।

बागमती प्रदेश सरकारको रु २७ लाख सहयोगमा सम्पन्न डिपबोरिङ सञ्चालनमा आएपछि कालिका गाउँपालिका–३ स्थित धैबुङ क्षेत्रका कटुञ्जे, श्वारा, घिमिरे टोल, खतिवडा टोल, थाक्ले, सुएलडाँडा क्षेत्रका जनता लाभान्वित भएका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिनुभयो।

गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पानीको व्यवस्थापनपछि सुख्खा तथा भिरालो जमिनमा बसोबास गर्दै आएका स्थानीय जनता हर्षित भएका बताउनुभयो ।

डिपबोरिङ खन्ने क्रममा जमिनको सतहबाट ४८ मिटरमै पानी आए पनि १३५ मिटरको गहिराइमा पाइप पु¥याएर पानी तानिएको भूगर्भशास्त्री पुष्प भटृराइले जानकारी दिनुभयो ।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केदार श्रेष्ठले खानेपानीको व्यवस्थासहित करिब १० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने गरी सञ्चालन गरिएको डिपबोरिङ रसुवा जिल्लाका लागि नमूना कार्यक्रम भएको बताउनुभयो ।

यसैबीच सम्बद्ध प्राविधिकहरूले नियमित विद्युत् शुल्क भुक्तानीदेखि पानी तान्ने मोटरको मर्मतसम्भार, कुरुवाको प्रबन्धसहित दीगो व्यवस्थापनतर्फ ध्यान दिन स्थानीय उपभोक्तासँग अनुरोध गरेका छन् ।