७ श्रावण २०८३, बिहीबार
,
Latest
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि मन्त्रीको निर्णय: डीडीसी कर्मचारीको सित्तैमा दूध-घिउ खाने दिन सकिए, वार्षिक ७८ लाख जोगिने!



अ+ अ-

काठमाडाैँ । सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम चाल्नुभएको छ। दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिनुभएको हो।

के थियो ‘सेटिङ’?

डीडीसीका कर्मचारीहरूले नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा घर लैजाने गरेका थिए। एकातिर संस्थान घाटामा जाने र अर्कोतिर किसानले दूधको भुक्तानी नपाएर सडकमा दूध पोख्नुपर्ने अवस्था रहेको बेला कर्मचारीहरूले भने राज्यको सम्पत्तिमा रजाइँ गरिरहेका थिए।

मन्त्री चौधरीको यो एकै निर्देशनले अब संस्थानको वार्षिक ७८ लाख रुपैयाँ जोगिने भएको छ। “संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि हो,” मन्त्री चौधरीले निर्देशनका क्रममा भन्नुभयो।

किसानको हितमा खर्च गरिने

कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो ७८ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ। वर्षौँदेखि किसानको पसिनाको मूल्य नतिर्ने तर कर्मचारीले सित्तैमा घिउ-दूध खाने प्रवृत्ति अन्त्य भएको छ।