११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

अफ्रिकाको भविष्यका लागि द्वन्द्व र जलवायु संकट समाधान गर्न राष्ट्रसंघ प्रमुखको आह्वान

अफ्रिकाको भविष्यका लागि द्वन्द्व र जलवायु संकट समाधान गर्न राष्ट्रसंघ प्रमुखको आह्वान
अ अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी मुलुकहरूमा व्याप्त द्वन्द्व र जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

सोमवार आफ्नो धारणा राख्दै महासचिव गुटरेसले अफ्रिकाको शान्ति र समृद्धिको मार्गमा द्वन्द्व, जलवायुजन्य आपतकाल र बहुपक्षीय प्रणालीमा रहेका असन्तुलनहरू मुख्य बाधकका रूपमा खडा भएको बताउनु भयो । अफ्रिकाको भविष्यका विषयमा चर्चा गर्दै उहाँले सुडानमा जारी गृहयुद्धले ठूलो मानवीय संकट निम्त्याएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

महासचिव गुटरेसले भन्नुभयो, ‘सुडानमा जारी युद्धले अफ्रिकाको ठूलो देशलाई छिन्नभिन्न बनाइरहेको छ । दुवै पक्षले ड्रोनको प्रयोग गरी नागरिक निशानाहरूमा आक्रमण गर्दा सर्वसाधारणले अकल्पनीय मूल्य चुकाउनुपरेको छ । त्यहाँ तत्काल शत्रुता अन्त्य, दिगो युद्धविराम र नागरिक नेतृत्वको लोकतान्त्रिक संक्रमण हुनु अनिवार्य छ ।’

साहेल क्षेत्रमा बढ्दो आतंकवाद, जलवायु परिवर्तनको तनाव, भोकमरी र गरिबीले विनाश निम्त्याइरहेको प्रति सचेत गराउँदै उहाँले स्थायी शान्तिका लागि संवाद, अन्तर्राष्ट्रिय सहयोग र सुदृढ स्थानीय निकायहरूको आवश्यकतामा जोड दिनुभयो ।

यस्तै, महासचिव गुटरेसले मध्यपूर्वको द्वन्द्व र हर्मुज जलसन्धि बन्द हुनुले अफ्रिकी स्थिरतामा प्रत्यक्ष खतरा पु¥याउने उल्लेख गर्नुभयो। अफ्रिकाको कुल आयातको १३ प्रतिशत हिस्सा, जसमा मुख्य रूपमा इन्धन र मल पर्दछन्, सोही मार्ग भएर आउने गर्दछ ।

अफ्रिकाका पाँचमध्ये चार राष्ट्र तेल आयातमा निर्भर रहेकाले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आउने अवरोधले उनीहरूको आर्थिक जोखिम अझ बढाउने उहाँले चेतावनी दिनुभयो ।

महासचिव गुटरेसले अन्तर्राष्ट्रिय व्यवस्थामा बढ्दो उथलपुथलका बीच राष्ट्रसंघले शान्ति, दिगो विकास र जलवायु न्यायका लागि अफ्रिकासँगको सहकार्यलाई अझ सघन बनाउँदै लगेको जानकारी दिनुभयो ।

सोही क्रममा उहाँले राष्ट्रसंघीय सुरक्षा परिषद्मा अफ्रिकाको स्थायी प्रतिनिधित्व नभएकोमा आलोचना गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रणालीलाई थप न्यायपूर्ण बनाउन तथा अफ्रिकालाई बलियो आवाज, पर्याप्त स्रोत र समान प्रतिनिधित्व सुनिश्चित गर्न राष्ट्रसंघले निरन्तर दबाब दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल