२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिवद्ध छः प्रमुख महर्जन



अ+ अ-

काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’ लाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो ।

प्रमुख महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण गराएको, उहाँको नाममा सिक्का र हुलाक टिकट प्रकाशन गरेको तथा सुरक्षा र यातायातको प्रवन्ध मिलाएको स्मरण गर्दै ती कार्यहरू ज्येष्ठ नागरिक सम्मानको प्रस्थान बिन्दु भएको बताउनु भयो ।

त्यसैगरी, हालै मात्र महानगरपालिकाले १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ ‘जङ्कु’ (रथारोहण) सम्पन्न गरेको जानकारी दिनुभयो ।

महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका अन्य कल्याणकारी योजनाहरूबारे प्रकाश पार्दै उहाँले वार्षिक १० हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

प्रमुख महर्जनले भन्नुभयो, ‘नेपालको इतिहासमा सायद पहिलो पटक पाँचौँ जङ्कुको व्यवस्थापन महानगरले गरेको छ । यसले हाम्रो संस्कृति र जेष्ठ नागरिकप्रतिको श्रद्धा झल्काउँछ ।

जसरी मनमोहन अधिकारीले आफ्नो कार्यकालमा १०० रुपैयाँबाट सामाजिक सुरक्षा भत्ताको सुरुवात गर्नुभयो, त्यसरी नै हामीले जेष्ठ नागरिकलाई दशैँ–तिहार खर्चका रूपमा वार्षिक १० हजार रुपैयाँ प्रदान गर्दै आएका छौँ ।’

स्वास्थ्य क्षेत्रतर्फ महानगरले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निमोनिया विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन थालेको महर्जनले बताउनु भयो ।

निमोनियाको खोप महँगो भएपनि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि यो अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको उहाँको दाबी छ ।

यसका साथै, जावलाखेलमा हुने प्रसिद्ध भोटो जात्रा अवलोकनका लागि जङ्कु गरिसकेका ज्येष्ठ नागरिकहरूलाई विशिष्ट अतिथिका रूपमा विशेष दीर्घाको व्यवस्था समेत गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल