२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्नुपर्नेमा नेता पोखरेलको जोड



अ+ अ-

काठमाडौँ। ज्येष्ठनागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरु भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सिमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनु भयो ।

उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै नेता पोखरेलले उहाँको विचार र निष्ठालाई चिरस्थायी बनाउन प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको जानकारी दिनुभयो ।

२०५६ सालमा स्थापित प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि देश दर्शन, सम्मान कार्यक्रम, स्वास्थ्य शिविर तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

साथै, युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना गरी स्वरोजगारीका क्षेत्रमा समेत काम भइरहेको पोखरेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्वर्गीय अधिकारीले बसाल्नुभएको ज्येष्ठ नागरिक सम्मानको जगलाई आज सबै तहका सरकार र समाजले अपनत्व ग्रहण गर्नु सुखद् पक्ष हो । अब यसलाई थप परिष्कृत गर्दै उहाँहरूको अनुभवलाई विकासको अभियानमा जोड्नुपर्छ ।’

सम्मेलनबाट प्राप्त निष्कर्षहरूलाई व्यवस्थित अभिलेखका रूपमा प्रकाशन गरी नीति निर्माणका लागि राज्यका सम्बन्धित निकायहरूलाई उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ । –न्युज एजेन्सी नेपाल