१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
अ अ+ अ-

काठमाडौं । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ ।

केन्द्रले गत आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गर्दै आएकामा यस वर्ष थप दुई प्रकारका औषधि उत्पादन गरेको हो ।

औषधि व्यवस्था विभागबाट २० प्रकारका औषधि उत्पादन गर्ने अनुमति प्राप्त गरेको भए पनि अहिले ११ वटा मात्रै उत्पादन गर्दै आएको केन्द्रका प्रमुख डा सुरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उत्पादन हुँदै आएकामा चूर्ण (धुलो) औषधि हुन् ।

केन्द्रले अब ट्याब्लेटमा औषधि उत्पादन गर्दैछ । पहिलो पटक नौ प्रकारका ट्याब्लेट औषधि उत्पादनका लागि अनुमति लिएर काम सुरु गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो पटक हामी ट्याब्लेट औषधि उत्पादन गर्ने प्रक्रियामा रहेका छौँ ।” केन्द्रले अहिले अश्वगन्धा चूर्ण ५० ग्राम र १०० ग्राम, अविपतिकर चूर्ण ५० ग्रम, महासुदर्शन चूर्ण ५० ग्राम, निमबादी चूर्ण ५० ग्राम, पुस्यानुग चूर्ण ५० ग्राम, त्रिफला चूर्ण ५० ग्राम, सीतोपलादी चूर्ण ५० ग्राम, आमलकी चूर्ण १०० ग्राम, बिल्वादी चूर्ण ५० ग्राम, हिङ्गबास्टक चूर्ण ५० ग्राम रहेका छन् ।

यस्तै, खदिरादी वटी, सर्पगन्धाघन वटी, गन्धक रसायन, चन्द्रप्रभा वटी, मटाशङ्ख वटी, रजप्रवर्तिनी वटी, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, कैशोर गुग्गुलु ट्याब्लेट उत्पादनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको अनुमति र सङ्घीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । उहाँका अनुसार केन्द्रले प्रदेश सरकारबाट ११९ औषधि उत्पादनका अनुमति पाइसकेको छ । सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ । सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उहाँले बताउनुभयो ।

बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पु¥याउने गरी काम गरिएको उहाँले जानकारी दिनुभयो ।