२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा साओमीको नयाँ स्मार्टफोन सार्वजनिक



अ+ अ-

साओमीले रेडमी नोट सिरिजको स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले क्वाड क्यामेरा सेटअपसहितको उक्त फोन बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट अब्बल रहँदै आएको बताएका छन् ।

६४ एमपी क्वाड क्यामेरा बिस्ट–रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको उनले बताए। उनका अनुसार विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी ९ ओटी चिपसेट भएको उक्त स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ । २० एमपी सेल्फी सुटर रहेको रेडमी नोट ८ को फ्रन्ट क्यामेरा निकै राम्रो रहेको छ । सार्वजनिक भएको उक्त फोनको मोटाइ भने ८ दशमलव ८ इन्च रहेको छ भने डिस्प्ले ६ दशमलव ५३ इन्च डट नोच र एसपेक्ट रेसियो १९.५ः९ रहेको छ ।

फोनमा ४ हजार ५ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ जसले पूरै दिन उत्कृष्ट गेमिङ र फोटोग्राफीमा सहयोग पुग्छ । रेडमी नोट ८, ६ जिबी प्लस ६४ जिबी र ६ जिबी प्लस १ सय २८ जिबी भेरियन्टमा उपलब्ध छ । उक्त भेरियन्टको बजारमूल्य क्रमशः १८ हजार ९ सय ९९ र २३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । उक्त स्मार्टफोन मुनलाइट ह्वाइट, स्पेस ब्लक र नेप्चयुन ब्लुमा उपलब्ध छ ।

यस्तै, रेडमी नोट ८ प्रो भने ६ जिबी प्लस ६४ जिबी, ६ जिबी प्लस १ सय २८ जिबी र ८ जिबी प्लस १ सय २८ जिबी गरी ३ भेरियन्टमा उपलब्ध छ । जसको बजारमूल्य क्रमशः २६ हजार ९ सय ९९, २९ हजार ९ सय ९९ र ३२ हजार ९ सय ९९ रुपैयाँ छ ।




भर्खरै