१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ ।

महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठको पद बहालीसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरिएको महासंघले जनाएको छ ।

महासङ्घले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ ।

‘छ स्तम्भ, साठी पहल’ कार्यक्रममार्फत निजी क्षेत्रको साझा आवाजलाई थप प्रभावकारी, विश्वसनीय र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रमअन्तर्गत प्रत्येक स्तम्भमा कार्यान्वयनयोग्य पहल, समय सीमा, जिम्मेवारी निर्धारण तथा अपेक्षित उपलब्धिसहितको विस्तृत कार्ययोजना तयार गरिएको छ ।

उनले महासङ्घको सेवा प्रवाह सुदृढीकरण, डिजिटल प्रणाली विकास, नीति पैरवीको प्रभावकारिता वृद्धि, सङ्घीय संरचनाअनुसार सदस्य संस्थासँग समन्वय, युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन, अन्तरराष्ट्रिय व्यापार विस्तार तथा आर्थिक कूटनीतिक सम्बन्ध मजबुत बनाउने बताए ।

महासङ्घले पहिलो स्तम्भअन्तर्गत सदस्यलाई प्रदान गरिने सेवा विस्तार तथा सञ्जाल सुदृढीकरणमा जोड दिएको छ । दोस्रो स्तम्भमा आर्थिक सुधार तथा सुशासनलाई प्राथमिकता दिएको छ ।

महासङ्घले सार्वजनिक नीति, अर्थतन्त्र, व्यापार तथा कानुन अनुसन्धान शाखा स्थापना गर्ने, कानुन डेस्क सञ्चालन गर्ने तथा बजेट र मौद्रिक नीतिमा निजी क्षेत्र केन्द्रित सुझावपत्र तयार गर्ने जनाएको छ ।

तेस्रो स्तम्भमा प्रतिस्पर्धात्मकता वृद्धि तथा औद्योगिक विस्तारमा केन्द्रित कार्यक्रम राखिएको छ । चौथो स्तम्भअन्तर्गत विकास साझेदारी, सीप विकास, महिला उद्यमशीलता, प्रवासी नेपालीको लगानी सहजीकरण तथा हरित वित्त र दिगो विकास लक्ष्यअनुरूप निजी क्षेत्र कार्यक्रम अघि बढाइने महासङ्घले जनाएको छ ।

पाँचौँ स्तम्भमा श्रम, सीप तथा उत्पादकत्व सुधारका कार्यक्रम समावेश छन् । छैटौँ स्तम्भमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राखिएको छ ।