११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु
अ अ+ अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् ।

जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका व्यक्तिहरुको सूचना प्रकाशन गरी १५ दिनभित्र आ–आफ्ना सामान सुरक्षित गरी उक्त क्षेत्र खाली गर्न सूचना गरेको छ ।

यस्तै, अतिक्रमित बसोबासीले तोकिएको समयसीमाभित्र खाली नगरेमा नेपाल सरकारको नीति तथा आदेशानुसार हटाइने जनाइएको छ । यद्यपि, सूचनाअनुसार सात दिनभित्र तत् परिवारले वडा कार्यालयमा सूचित गर्न अपिल गरिएको छ ।

यसैगरी, मण्डनदेउपुरले पनि स्थानीय प्रशासनको पत्रानुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणअनुसार सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका परिवारको अद्यावधिक विवरण पठाउन वडा कार्यालयलाई अनुरोध गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित भएको भएमा उक्त जग्गा खाली गराउन पनि आवश्यक सूचना जारी गरी नगर कार्यालयलाई जानकारी गराउन वडा कार्यालयलाई आदेशानुसार पत्राचार गरिएको हो ।

यसैगरी, भुम्लु गाउँपालिकाले पनि बुधबारदेखि चाखोलादेखि दोलालघाट बजार क्षेत्रमा सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेका संरचनाको नाप जाँच सुरु गरेको छ । गाउँपालिकाले सरकारी  सार्वजनिक जग्गा छुट्याउन उक्त प्रक्रिया थालेको जनाएको छ ।

यसैबीच, भूमि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकले वैशाख तेस्रो सातासम्म तयार गरेको विवरणअनुसार काभ्रेपलाञ्चोकमा पाँच हजार ८५६ जनाले ‘भूमिहीन’का रूपमा आवेदन दर्ता गराएका छन् । जसमा अव्यवस्थित बसोबासी पाँच हजार सात, भूमिहीन सुकुमवासी छ सय ६९ घरपरिवार र भूमिहीन दलित एक सय ८० परिवार रहेको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा कम भूमिहीन बेथान्चोक गाउँपालिकामा रहेका छन् । बेथानचोकमा चार घरपरिवार मात्रै अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै, चौरीदेउरालीमा १०, महाभारतमा ११ र भुम्लु गाउँपालिकामा १५ परिवार अव्यवस्थित बसोबासी छन् ।भने तेमाल गाउँपालिमा २० परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।

यसैगरी, सबैभन्दा धेरै मण्डनदेउपुरमा दुई हजार २३३ परिवार भूमिहीन छन् । नगरमा दुई हजार १२७ परिवार अव्यवस्थित बसोबासी छन् भने ६५ परिवार सुकुमवासी, ४१ परिवार भूमिहीन दलित छन् । बनेपा नगरमा दुई सयमध्ये ९७ परिवार अव्यवस्थित बसोबासी छन् भने धुलिखेलमा आठ सय १३  परिवार सोही प्रकृतिका छन् । जसमध्ये छ सय ८८ परिवार अव्यवस्थित छन् भने एक सय छ परिवार सुकुमवासी र १९ दलित परिवार भूमिहीन छन् ।

पाँचखालमा छ सय ९० परिवारले पुर्जा नभएको भन्दै आवेदन दिएका छन् । नमोबुद्धमा एक हजार ६५, पनौतीमा एक सय ६६, रोशीमा एक सय ६३ र खानीखोलामा चार सय ६६ घर परिवारसँग पुर्जा नभएको जनाइएको छ । रासस