१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु



अ+ अ-

कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु गरेको छ ।

सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरेको छ ।

सो सेवा सुरु भएपछि सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सेवाग्राहीको मागअनुसार राहदानी सिधै घरमै पुर्‍याइने व्यवस्था गरिएको छ । रासस