११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अ अ+ अ-

वासिङ्टन। संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति भएको बताइएको छ ।

यो प्रस्तावित सम्झौता दुवै पक्षबीचको युद्ध अन्त्य गर्ने र भविष्यमा आणविक विषयमा विस्तृत वार्ताको आधार तयार गर्ने लक्ष्यसहित अघि बढाइएको छ ।

प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम समृद्धि प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ ।

यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोकिएका सम्पत्तिहरू फिर्ता गर्ने तयारी गर्नेछ । यसले इरानको अर्थतन्त्रलाई राहत दिने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पुनः सुधार हुने अपेक्षा गरिएको छ ।

यसैगरी, दुबै पक्षले अन्तर्राष्ट्रिय रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमार्फत हुने तेल तथा व्यापारिक ढुवानीमा लगाइएका अवरोधहरू हटाउने सम्भावना पनि रहेको छ ।

यस जलमार्गको सहज सञ्चालनले विश्व ऊर्जा आपूर्तिमा स्थिरता ल्याउन सक्ने र तेल बजारमा देखिएको अनिश्चितता कम गर्न सक्ने अनुमान गरिएको छ ।

तर सम्झौताको सबैभन्दा ठूलो विवाद युरेनियम समृद्धि रोक्ने अवधिबारे रहेको छ। हालको छलफल अनुसार यो अवधि करिब बाह्रदेखि पन्ध्र वर्षसम्म हुन सक्ने देखिएको छ ।

इरानले पहिले करिब पाँच वर्ष मात्र रोक्न प्रस्ताव गरेको थियो भने अमेरिकाले करिब बीस वर्षको दीर्घ प्रतिबन्धको माग गरेको थियो । यस कारण दुवै पक्षबीच अझै पनि अन्तिम सहमति बन्न बाँकी छ ।

यो प्रस्तावित सम्झौता युद्ध अन्त्य गर्ने दिशामा अहिलेसम्मको सबैभन्दा नजिकको प्रयास मानिएको छ, तर अन्तिम नतिजा अझै छलफल र सहमतिमा निर्भर रहेको देखिन्छ ।  (रासस/एपी)