३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ। यही वैशाख १७ गते काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल, भक्तपुर ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक तथा ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्द्रचोकस्थित एक गहना पसलमा वैशाख १७ गते पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई पक्राउ गरिएको छ ।

उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकाहरूले गहना (ज्वेलरी) पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गर्ने क्रममा पसलमा रहेकी महिलाले उनीहरूलाई प्रतिकार गर्दै भगाएको र उक्त भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । रासस