२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

मुख्यमन्त्री बानियाँद्वारा छापामारप्रति आपत्ति, अनुसन्धानमा पूर्ण सहयोगको प्रतिबद्धता

मुख्यमन्त्री बानियाँद्वारा छापामारप्रति आपत्ति, अनुसन्धानमा पूर्ण सहयोगको प्रतिबद्धता
अ अ+ अ-

काठमाडाैैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो निवास र कार्यालयमा गरेको छापा प्रति आपत्ति जनाउनुभएको छ। सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले उक्त घटनाले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको बताउनुभएको छ।

विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले आफू लामो राजनीतिक यात्रापछि अहिले जनताको सेवकको रूपमा मुख्यमन्त्री पदमा रहेको उल्लेख गर्दै आफ्नो प्राथमिकता सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण रहेको दाबी गर्नुभएको छ। उहाँले प्रदेश सरकारमार्फत सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै विकास योजना तथा कार्यक्रमहरूलाई आवश्यकता र औचित्यका आधारमा अघि बढाइएको पनि स्पष्ट पार्नुभएको छ।

मुख्यमन्त्री बानियाँले संघीय संरचना अन्तर्गत तीन तहका सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संघीय सरकारको सकारात्मक कार्यमा प्रदेश सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, राज्यका जुनसुकै निकायले गर्ने सुशासनसम्बन्धी छानबिनमा आफ्नो पूर्ण सहयोग रहने पनि उहाँले स्पष्ट पार्नुभएको छ।

उहाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरिएको छापामारी आकस्मिक रूपमा भएको भन्दै आपत्ति जनाउनुभएको छ। तर, अनुसन्धान प्रक्रियाप्रति भने आफूले समर्थन गर्ने बताउँदै सञ्चार माध्यममा आएका समाचारका कारण सर्वसाधारण भ्रमित नहुन आग्रह गर्नुभएको छ।