काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फुटबल सहित कम्तिमा चार खेल हर्नका लागि टिकट निर्धारण गरेको छ । फुटबल सहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि राखेपले टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मुल्य निर्धारण गरिएको छ भने भलिबल र बास्केटबलको टिकट मुल्य ५ सय राखिएको छ ।
क्रिकेटको टिकट मुल्य २ सय देखि ५ सयसम्म पर्ने बताईएको छ । समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मुल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । ‘चार खेलको टिकट मुल्य निर्धारण गरिएको छ ।’ राखेप सदस्य सचिव रमेश सिलवालले भने । साथै अन्य खेलका बिषयमा संघहरुसंग छलफल गरिरहेको। र चाँडै टिकट लाग्ने मुल्य र टिकट दर टुङ्गो लगाउँने पनि बताए ।
राखेपले यसअघिनै प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ । प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाईनेछ । प्रशारण अधिकार किनेर नक्षत्र खेलहरुको प्रत्यक्ष प्रशारणका लागि नेपालका टेलिभिजनसंग छलफल गरिरहेको छ ।